११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपालगन्ज उपमहानगर सभापतिमा विष्टको प्यानल विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेपालगन्ज उपमहानगरमा सभापतिसहित संस्थापन (देउवा) पक्षको पुरै प्यानल निर्वाचित भएको छ। सभापतिमा प्रशान्त विष्ट निर्वाचित भएका हुन्। उनले २ सय ४३ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी संस्थापन इतर (कोइराला/पौडेल) पक्षकी उमा थापामगरले ७६ र संस्थापन पक्षकै बिनोद रिजालले ४१ मत प्राप्त गरेको मतदान अधिकृत सुभास गौतमले जानकारी दिए।

यस्तै उपसभापतिमा संस्थापन पक्षका धनराज बर्मा र मो. कमाल अन्सारी निर्वाचित भएका छन। बर्माले २ सय ३७ र अन्सारीले १ सय ४४ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी अतुलकुमार गुप्ताले १०४, बिनोद न्यौपानेले ८४, जाकिर अलि तेलीले ४९ र जिनुरइन मुल्तनमिसले ३१ मत प्राप्त गरे।

सचिवमा निर्वाचित भएका संस्थापन पक्षकै सुरेन्द्र कुमार श्रेष्ठले २ सय ९ र हरिबाबु घिमिरेले १ सय ६७ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी कुन्तलराज शर्माले ९३, रबिन्द्र घिमिरेले ९२ र लक्ष्मी खड्काले ७८ मत ल्याइन्। यसैगरी सहसचिवमा निर्वाचित भएका संस्थापन पक्षका मार्टिन ओलीले १ सय ८५ र शरदराज अधिकारीले १ सय ५२ मत प्राप्त गरे।

उनका निकटतम प्रतिस्पर्धी नर्वदा शाहीले १ सय १०, शिवकुमार गुप्ताले ७८, प्रकाश (बादी) नेपालीले ६३ र पूर्णप्रकाश डाँगीले ६२ मत ल्याए। प्रदेश क्षेत्रीय प्रतिनिधीमा पनि १ सय ७८ मत ल्याएर संस्थापन (देउवा) पक्षका गोकर्ण आचार्य विजयी भएका छन। उनका निकटतम प्रतिस्पर्धी अमृतकुमार आचार्यले १ सय ७३ मत ल्याए। नेपालगन्ज उपमहानगरमा रहेका ३ सय ८२ मत मध्ये ३ सय ७७ मत खसेको थियो। 

बाँकेका कुल ८ वटा स्थानीय तहमध्ये अहिलेसम्म नेपालगन्जसहित खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र जानकी गाउँपालिकामा संस्थापन(देउवा) पक्षका उम्मेदवार निर्वाचित भएका छन्, भने नरैनापुर र डुडुवा गाउँपालिकामा संस्थाप इतर पक्षले जितेको छ। यस्तै कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकामा मत गणना भएको छैन।

प्रकाशित: ३ मंसिर २०७८ ०४:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App