१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संघीयता कार्यान्वयनमा अझै बाँकीः प्रधानमन्त्री देउवा

गण्डकी प्रदेशलाई आइतबार पोखरामा साक्षर प्रदेश घोषणा गर्न आयोजित कार्यक्रम। तस्बिरः उमेश पुन/नागरिक

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयता पूर्णरुपमा कार्यान्वयन गर्न अझै बाँकी रहेको बताएका छन्। गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्दै आईतबार प्रधानमन्त्री देउवाले संघीयता कार्यान्वयनको लागि सरकार प्रतिबद्ध समेत रहेको उल्लेख गरे।

‘संघीयता अझै पनि पूर्ण रुपमा कार्यान्वयन गर्न बाँकी छ,’ प्रधानमन्त्री देउवाले भने,‘संघीयता कार्यान्वयनले प्रजातन्त्रको रक्षा हुन्छ।’ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै रहेको उल्लेख गर्दै उनले प्रजातन्त्रको अर्को केही विकल्प नहुने दावी गरे। नेपाली काँग्रेस प्रजातन्त्रको लागि लड्दै आएको भन्दै प्रजातन्त्रको खिलाफमा लडेर औचित्य नहुने जिकिर गरे।

अर्को प्रंसगमा प्रधानमन्त्री देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सफल देखिएको जनाउँदै अमेरिका र बेलायतले भिषा उपलब्ध गराएको जानकारी गराए। ‘कोरोना नियन्त्रणमा नेपालको खेलेको भूमिकालाई विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले धन्यवाद दिएको छ,’ उनले भने ‘बेलायत र अमेरिकाले पनि सजिलै भिषा दिएका छन्।’ प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणको लागि साक्षरताले सम्भव भएको बताए।

नेपालको संविधानले शिक्षालाई अनिवार्य हुनुपर्ने भन्दै मौलिक अधिकारको रुपमा लिएको बताउँदै प्रधानमन्त्री देउवाले थपे, ‘साक्षरता र समृद्धिको सोझो सम्बन्ध छ। समृद्धिको आधार नै साक्षरता हो।’ जनतालाई साक्षरता बनाउन सरकारको दायित्व र जिम्मेवार भएको बताउँदै शिक्षाप्रति सरकार गम्भीर रहेको बताए।

शैक्षिक व्यवस्थापनमा सुधार गर्नुपर्ने कार्यक्रम रहेको जनाउँदै प्रधानमन्त्री देउवाले साक्षरताको लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको बताए। उनले शैक्षिक कार्यक्रमको लागि बजेटको समेत बन्दोबस्त गर्न सकियोस भन्ने अभिव्यक्ति दिएका छन्।

प्रकाशित: २४ आश्विन २०७८ ०७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App