४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

डढेलो निभाउने क्रममा दुईजना घाइते, एककाे अवस्था गम्भीर

फाइल तस्बिर

ललितपुरमा डढेलो निभाउने क्रममा दुईजना घाइते भएका छन्। गोदवरी नगरपालिका–४ मा रहेकाे तपेश्वर सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा शङ्कर पहरी र रमेश पहरी घाइते भएका हुन्।

प्रहरीका अनुसार शङ्कर पहरीको अवस्था गम्भीर रहेको छ। घाइते दुबैलाई उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले नागररिकलाई जानकारी दिए।

यस्तै,डढेलो आनन्द वनमा पनि फैलिएको छ। आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ रहेको कुष्ठरोग अस्पताल समेत जोखिममा छ। आगो अस्पताल नजिकै पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सारिएको एसएसपी खनालले बताए। 

प्रकाशित: १८ वैशाख २०८१ १४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App