६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

ओली अहिले अहंकारको घोडामा सवार हुनुहुन्छ, सुध्रिए चुनावमा तालमेल गरौलाः माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्षय केपी शर्मा ओलीले पार्टी एकताको ढोका बन्द गरेको बताएका छन्। पार्टी विभाजनको दिशातर्फ लैजान केपी ओली लागि परेको बताउँदै नेता नेपालले बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।

'हामीले पार्टी एकताको पक्षमा उभिँदा ओलीले एकताको ढोका बन्द गरे', नेपालले भने, 'अब ओली भविष्यमा सुध्रिए भने चुनावमा तालमेल गरौँला।'

नेपालले अगाडि भने, 'एमाले विभाजनको मोडमा उभिएको छ। विभाजनको दिशातर्फ लैजान केपी ओली लागि पर्नुभएको छ, एकतावद्ध गर्न चाहनु भएको छैन। पदीय दायित्व पूरा गर्नुभएन। अहंकारको घोडामा सवार हुनुहुन्छ।'  

उनले ओली विदेशीसामू लम्पसार परेको र नेपाली स्वाभिमानले शीर निहुर्‍याउने अवस्थामा पुर्‍याएको बताए। ओलीकै कारण गणतन्त्र धरापमा परेको नेपालको भनाई छ।

प्रकाशित: १ भाद्र २०७८ १२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App