६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

कार्यदलप्रति प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल नै जिम्मेवार हुनेः पन्त

नेकपा एमालेका नेता रघुजी पन्तले नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलप्रति प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल नै जिम्मेवार हुने बताएका छन्।  

कार्यदलको सिँहदरबारमा जारी बैठकबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिए।

कार्यदलको बैठक जारी रहेको जानकारी दिँदै उनले सम्भव भएसम्म आजै निर्णय हुने बताए। ‘मस्यौदामा छलफल गर्यौं र लागेका सुझाव दियौं, सम्भव भएसम्म आजै निर्णय गर्छौं, कार्यदल पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालकै सहमतिमा गठन भएकाले त्यसप्रति उनीहरुप्रति नै जिम्मेवार हुन्छन्,’ उनले भने।  

उनले कार्यदलको बैठकमा सहभागी भएर विभिन्न सुझावहरु राखेको समेत बताए।

प्रकाशित: २५ असार २०७८ १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App