७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

हामी भेलामा व्यस्त छौं, ओलीले बोलाएको संसदीय दलको बैठकमा जान सक्दैनौं : योगेश भट्टराई

फाइल तस्बिर।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष नजाने भएको छ। आजदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन बुधबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलन नेता योगेश भट्टराईले आफूहरु भेलामा व्यस्त हुने भएकाले भोलिको संसदीय दलको बैठकमा जान नसकिने बताए।

‘संसदीय दलको नेता समेत रहनुभएका प्रधानमन्त्री ज्यूले भोलि बिहान ११ बजे संसदीय दलको बैठक बोलाउनुभएको भन्ने मेसेज पाएका छौं। प्रधानमन्त्रीजीलाई हामीले आयोजना गरेको राष्ट्रिय भेलाका बारेमा थाहा भएर पनि संसदीय दलको बैठक बोलाउनुभएको छ,’ उनले भने, ‘भेलाको कार्य व्यस्तताका कारण भेलामा हामी बैठकमा उपस्थित हुन सक्दैनौं। बैठकको मिति सारियो भने अवश्य जानेछौं।’

अर्को प्रसंगमा उनले पार्टी विभाजनको प्रयास भएपनि आफूहरु विभाजन हुन नदिने जिकिर गरे। ‘पार्टी विभाजन हुन दिने छनौं। कसै कसैले पार्टी विभाजन गर्न खोजेको भएपनि हामीहरु त्यसो हुन दिन्नौं। र त्यसैका लागि भेला बोलाइएको हो,’ उनले भने।

सर्वोच्च अदालतले फागुन २३ गतेका फैसलाबाट एमाले पूर्ववत अवस्थामा फर्काएको भन्दै नेपाल पक्षले पार्टी ०७५ साल जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने माग राख्दै आएको छ।

उनले आफूहरुले कर्णाली प्रदेशलाई दिएको समर्थन फिर्ता नलिएको समेत बताए। तर, बुधबार बसेको ओली पक्षीय संसदीय दलको बैठकले कर्णाली प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। सो बैठकमा नेपाल समूहका सांसद्हरु अनुपस्थित थिए।

प्रकाशित: ४ चैत्र २०७७ १२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App