९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

जोशीको अवस्था बिग्रिएपछि पुनः भेन्टिलेटरमा

मष्तिष्कघात भई नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा राखिएको छ। गत फागुन १४ गतेदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको थियो।  

अस्पतालले एक विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार गरिएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘शनिबार बिहानदेखि श्वासप्रश्वास र मुटुको चालमा गडबडी भएपछि अस्पतालले पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखेको छ। भेन्टिलेटरको सहयोगबाट उहाँको रक्तचाप सामान्य छ भने प्रतिमिनेट उहाँ आफैँले ८–१० पटक श्वास फेरिरहनु भएको छ।’

‘'आँखाका नानीहरुको प्रतिक्रिया पनि सामान्य नै छ, तर उहाँ अझै कोमामै हुनुहुन्छ' उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा राजीव झाले भने। मस्तिष्कघात हुँदा रक्तस्राव भई उनको टाउकामा रगत जमेको थियो। यस्ता बिरामीमा उपचारको क्रममा पुनः समस्या आउनु स्वभाविक परिणाम रहेको उनको भनाइ छ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको भन्दै जोखिमपूर्ण अवस्था रहेको अस्पतालले जनाएको छ। गत सोमबार बिहानबाट आफैँले श्वास फेर्न थालेपछि जोशीलाई अस्पतालले भेन्टिलेटरबाट निकालेको थियो। रासस

प्रकाशित: २६ फाल्गुन २०७७ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App