८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

हस्ताक्षर बोकेर नेकपा सांसद शीतल निवास पुगेपछि दाहाललाई ओलीको फोन

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पुन: छलफलमा जुटेका छन्।  यस अघि आज नै उनीहरुबीच छलफल भएको थियो। नेकपा नेताहरु स्थायी कमिटी बैठकका लागि बालुवाटर पुगे पनि अन्यौलमा छन्।  

आज नै दाहाल र माधव नेपाल पक्षका सांसद संसदको विशेष अधिवेशन माग गर्दै हस्ताक्षर बोकेर राष्ट्रपति निवास पुगेपछि ओलीले दाहालाई पुन: छलफलमा बोलाएका हुन्। स्रोतका अनुसार फोनमा ओलीले हस्ताक्षर फिर्ता गराउन दवाव दिएका थिए।

नेकपा भित्र चरम विवाद देखिएपछि मंसिर २१ बाट स्थायी कमिटी बैठक सुरु भएको थियो। पार्टी भित्र देखिएका विवादबारे छलफल गर्न बोलाइएको स्थायी कमिटी अघि मंगलबार सरकारले संवैधानिक परिषद सम्वन्धी अध्यादेश जारी गरेपछि संकट उच्च विन्दुमा पुगेको छ।  

दाहाल लगाय सचिवालयका पाँच नेताले अध्यादेश फिर्ता गर्नु पर्ने बताएका छन्। अध्यादेशबारे स्थायी कमिटीमा छलफल हुने नेताहरुले बताएका छन्।

 

 

प्रकाशित: १ पुस २०७७ १०:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App