६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

नेपालमा प्रतिगमनको खतरा : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र खतरामा परेको बताएका छन्।  जनताको बलिदान र त्यागबाट प्राप्त भएको गणतन्त्र सत्तासिन र विपक्षी दलका कारण खतरामा परेको उनको भनाई छ।  राष्ट्रिय जनमोर्चाले विहिबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले नेपालमा प्रतिगमन निम्तिन सक्ने बताए।  

दक्षिणतिरबाट नेपालको भूगोलमाथि आक्रमण भैरहेको उनको जिकिर छ। उनले नेपालको साँचो बाहिरै भएको बताए। छिमेकीले नेपालमा हिन्दु राज्य कायम गराउन खोज्दा पनि सत्तापक्ष  र प्रतिपक्ष मौन रहनुले त्यसको संकेत गरेको उनको तर्क छ। अहिलेको गण्तन्त्र पूँजीवादी भएकाले यसले जनताको समस्या सम्बोधन गर्न नसकेको अध्यक्ष केसीले बताए। ‘गणतन्त्रको विकल्प राजतन्त्रको कल्पना पनि गर्न सकिदैन, सडकमा नारा लगाउँदैमा राजतन्त्र फर्कन सम्भव छैन’उनले भने।  

उनले सत्तामा रहेको नकेपा कम्युनिष्ट पार्टी नभएको दावी गर्दै नामले मात्र कोही पनि कम्युनिष्ट हुनन सक्ने बताए। सत्तापक्षले सत्ता र शक्तिको दुरुपयोग गरेर भ्रष्टाचार गर्दा पनि प्रतिपक्ष बोल्न नसकेको बताउँदै भ्रष्टाचारमा सत्तापक्ष र प्रतिपक्षको तालमेल रहेको दावी गरे। ‘नेपालमा संघीयता  असफलसिद्व भएको उनले बताए। प्रादेशीक संरचना खारेज नगरिए कालान्तरमा संघीयताले देश नै खारेज गर्न सक्छ’उनले भने।  

नेपाल कम्युनिष्ट पार्टीका मसालका रुपन्देही प्रवक्ता नारायण जीसीले संघीयताले दशेको अवस्था कठिन मोडमा पुगेको बताउँदै राष्ट्रिय सार्वभौमिकता र एकता खलबलिएको बताए।  

 

 

 

प्रकाशित: २५ मंसिर २०७७ १२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App