५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

कित्ताकाट खोल्ने सरकारको निर्णयमा सर्वोच्चको रोक

जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले रोक लगाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश मनोज शर्माको इजलासले सरकारको निर्णयमाथि रोक लगाउने फैसला सुनाएको हो।  

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको थियो। सरकारको निर्णयविरुद्ध अधिवक्ता सन्तोष भण्डारीसमेतले दायर गरेको रिटमा सर्वोच्चले अन्तिम निर्णय दिँदै रिट जारी हुने फैसला गरेको हो।

सर्वोच्चको निर्णयसँगै कित्ताकाट नखुल्ने भएको छ। खेतियोग्ग जमिन खण्डहर भएको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७३ सालमा कित्ताकाटमा रोक लगाएको थियो। उक्त निर्णयलाई भदौ १८ गते मन्त्रिस्तरीय निर्णयबाट उल्ट्याइएको थियो।

 

प्रकाशित: २३ मंसिर २०७७ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App