१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कालापानी-लिम्पियाधुरामा नेपालीको प्रवेश रोक्न भन्दै भारतले पठायो पत्र

फाइल तस्बीर

भारतले गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न आग्रह गरेको छ। सीमावर्ती धारचुला जिल्ला प्रशासनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई एक पत्र पठाउँदै यस्तो आग्रह गरेको हो।

‘विभिन्न नेपाली समूह गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्,’ भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पठाएको पत्रमा लेखिएको छ’  यस्तो कुनै सूचना आए जानकारी गराउन जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको हो।  

भारतले पठाएकाे पत्र

भारतले नेपाली भूमि प्रयोग गरेर मानसरोवर वाने बाटो बनाएपछि दुई देशबीच सीमा विवाद चर्किएको हो। त्यसपछि नेपालले कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो।

प्रकाशित: १२ श्रावण २०७७ ०६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App