१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘बिमस्टेकलाई भारतको उच्च प्राथमिकता’


काठमाडौ–भारतका विदेश मामिला राज्यमन्त्री डा. भि.के. सिंहले बिमस्टेकलाई भारतले उच्च प्राथमिकता दिइरहेको बताएका छन्।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रको प्रयास(बिमस्टेक)को चौथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा आयोजित मन्त्रीस्तरीय सम्मेलनलाई काठमाडौमा संबोधन गर्दै सिंहले भरतको परराष्ट्रनीतिले प्राथमिकता दिएको ‘छिमेकी पहिले’को मान्यतालाई पूर्णता दिने भएकाले बिमस्टेक भारतको उच्च प्राथमिकतामा पर्ने बताएका हुन्।

सुरक्षित, समृद्ध र बलियो बंगालको खाडी क्षेत्रका लागि बिमस्टेक सदस्यराष्ट्रसँग सहकार्य गर्न भारत प्रतिबद्ध रहेको उनले बताए। सम्मेलनका क्रममा नेपालले देखाएको आथित्यको उनले प्रशंसा गरेका छन्।

 

प्रकाशित: १३ भाद्र २०७५ १०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App