१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई चालिसेको चुनौतिः सहकारी पीडितका अघि गृहमन्त्री दोषी छैनन् भन्नुस्

नेपाली काँग्रेसका सांसद सन्तोष चालिसेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा सहभागी नभएको भन्ने जवाफ सहकारी पीडितहरुसमक्ष दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौति दिएका छन्।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो चुनौति दिएका हुन्। उनले प्रधानमन्त्री नै न्यायाधीश बनेर सत्ता टिकाउनकै लागि दोषी छैन भन्ने जवाफ दिनु संसारमै अनौठो विषय भएको बताए।

गृहमन्त्री लामिछानेले हकारीको रकम हिनामिना गर्नुभएको छैन भन्ने जवाफ सत्र सय पोखराका सहकारी पीडितलाई दिन सक्नुहुन्छ ? भन्दै प्रधानमन्त्री दाहाललाई उनले प्रश्न गरे। उनले सहकारीको रकम हिनामिना भएको बारेमा कानूनले तोकेको निकायबाट छानबिन भइ जवाफ दिनुपर्ने बताए। 

प्रकाशित: १८ चैत्र २०८० १७:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App