१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

भङ्गहा नगरपालिकाः कर्मचारीको श्रीमतिदेखि सालीसम्मलाई जागिर

महोत्तरीको भङ्गहा नगरपालिकाका कर्मचारीहरूको नातावाद मोह देखिएको छ। नगरपालिकामा कार्यरत कर्मचारीले आफ्ना श्रीमतीदेखि सालीसम्मलाई जागिर दिएका छन्।

पालिकाको विभिन्न ५ पदमा करारमा कर्मचारी भर्ना गर्नुपर्नेमा ४ जना कर्मचारीकै नातागोता परेका छन्।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय यादवकी श्रीमती सिर्जना यादव रोजगार सहसंयोजक, नगरपालिकाका स्वास्थ्य संयोजक राजु साहकी श्रीमती कल्पना मैनाली ल्याब असिस्टेन्ट, पालिकाका आईटी अफिसर लक्ष्मी रायकी साली सीमा सिंह अनमी र  वडा नं. ६ की अध्यक्ष राजीशरण यादवकी भतिजी रेनु कुमारी यादव अनमीमा जागिरका लागि पास भएका छन्।

प्रकाशित: १७ माघ २०८० ०५:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App