८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेसलाई अमरेशको प्रश्न:मधेसमा पनि यादव छाडेर ढुंगाना?

पूर्व कांग्रेसी नेता एवं वर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राष्ट्रिय सभा उम्मेदवारमा नेपाली कांग्रेसले मधेस प्रदेशबाट आनन्द ढुङ्गानालाई रोजेकोमा आश्चर्य व्यक्त गरेका छन्।

यादव, मन्सुरलगायतका लायक नेतालाई छाडेर मधेसबाट पनि कांग्रेसले ढुंगाना रोजेकोमा उनले आश्चर्य व्यक्त गरेका हुन्।

‘नेपाली कांग्रेसको राष्ट्रिय सभा उम्मेदवार हेर्दा कस्तो गज्जबको छ। महाधिवेशनमा मधेस प्रदेशबाट केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुंगाना,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मधेस प्रदेश बाट मन्त्री पनि रमेश रिजाल, राष्ट्रियसभा मा पनि आनन्द ढुंगाना  मधेस प्रदेशमा अरू नेता छन् कि नाइँ?’ 

यस्तो चालाले मधेस प्रदेशका प्रतिनिधिहरूले कुन हिसाबले भोट हाल्लान् भन्ने प्रश्न समेत उठाएका छन्। ‘फरमुल्लाह मन्सुर, महेन्द्र यादव , बिमलेन्द्र निधि, कृष्ण यादव जीहरुले मधेसी जनप्रतिनिधि बाहेक कांग्रेस बनाउन खोजेका हुन?,’ उनी अगाडि लेख्छन्, ‘कि पुरै मधेसी जनतालाई आनन्द ढुंगानाको पाउमा राख्न खोजेका हुन?।’

आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली काँग्रेसले आफ्नो भागमा परेको १०  मध्ये  मधेसबाट आनन्दप्रसाद ढुङ्गानालाई उम्मेदवार बनाएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि १० जना उम्मेदवार तय गरेको हो।

जस अनुसार कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला (अन्य), मधेसबाट आनन्दप्रसाद ढुंगाना (अन्य), बागमतीबाट जीतजंग बस्नेत (अन्य), विष्णुदेवी पुडासैनी (महिला), गण्डकीबाट किरणबाबु श्रेष्ठ (अन्य), पदमबहादुर परियार (अपाङ्गता/अल्पसंख्यक), लुम्बिनीबाट विष्णुकुमारी सापकोटा (महिला), कर्णालीबाट कृष्णबहादुर रोकाया (अन्य) तथा सुदूरपश्चिम प्रदेशबाट बलदेव बोहरा (अन्य) र नारायणदत्त भट्ट (अपाङ्गता/अल्पसंख्यक)लाई उम्मेदवार बनाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

राष्ट्रिय सभाको रिक्त १९ सदस्य पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ।

प्रकाशित: २४ पुस २०८० ०३:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App