१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपाल र श्रीलंकाका विदेशमन्त्रीकाे प्रश्न,'कसरी बलियाे बनाउने सार्क र बिमस्टेक?

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ।

बिहीवार काठमाडौंमा भएको दुई मन्त्रीबीचको छलफलमा क्षेत्रिय संगठनहरु सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदले बताए।

उनले छलफलमा दुई पक्षिय सम्बन्धहरुको पुनरावलोकन, व्यापार, लगानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेशनका बारेमा छलफल भएको बताए। उनले संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षिय फोरमहरुमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको पनि बताए।

उनले भने, ‘श्रीलंकाका विदेशमन्त्रीको नेपाल भ्रमणको आज दोस्रो दिन छ। यो हाम्रो ज्वइन्ट कमिसनको बैठक भएको हुनाले यसमा दुई पक्षिय सम्बन्धहरुको पुनरावलोकन, व्यापार र लगानीका बारेमा कुराकानी, कनेक्टिभिटी, पर्यटन, संस्कृति, शिक्षा, रक्षा र इमिग्रेशन जस्ता दुई पक्षिय विषयहरुमा गम्भीर र सौहद्रपूर्ण वातावरणमा छलफल भएको छ। क्षेत्रिय संगठनहरु, विशेष गरेर सार्क र बिमस्टेकलाई आउँदा दिनमा बलियो बनाउँदै लैजाने र सबै राष्ट्रका बीचमा सहमति बनाएर अघि बढ्ने बारेमा पनि कुरा भएको छ। संयुक्त राष्ट्रसंघ र अन्य बहुपक्षिय फोरमहरुमा दुवै राष्ट्रले परस्पर मिलेर सहकार्य गर्ने विषयमा कुराकानी भएको छ। दुवै देशको आपसी समझदारी र स्वार्थका क्षेत्र पहिल्याएर त्यसमा सहकार्य गर्ने बारेमा छलफल भएको छ। परम्परागत रुपमा श्रीलंका र नेपाल दुवै मित्रराष्ट्रका रुपमा अत्यन्त घनिष्ठ सम्बन्ध भएका मित्रराष्ट्रका रुपमा रही आएका छन्। हाम्रो बीचमा धेरै पक्षमा सहयोगको आदानप्रदान हुँदै आएको छ र नेपालले श्रीलंकासँगको सम्बन्धलाई ठूलो महत्व दिँदै आएको छ।’

प्रकाशित: ५ पुस २०८० ०७:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App