९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रम दाहाल र संयुक्त राष्ट्रसंघका महासचिवबिच भेटवार्ता

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टोनियो गुटेररबिच भेटवार्ता भएको छ ।  

भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दीगो विकास लक्ष तथा अति कम विकसित देशहरूको आर्थिक विकास लगायतका विषयमा छलफल भएको बताईएको छ ।  

नेपाल र संयुक्त राष्ट्रसंघ बीचको आपसी हितको आदानप्रदान, सम्बन्ध र सहकार्यका लागि राम्रो समझदारी बनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहाल शनिवार संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन अमेरिका गएका छन्। 

प्रकाशित: १ आश्विन २०८० ०१:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App