१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद् खुलाउन राष्ट्रपतिले देखाए सक्रियता, भेटे सभामुख र अध्यक्षलाई

राष्ट्रपति रामचन्द्र पौडेलले केही दिनदेखि जारी संघीय संसद्को अवरोध हटाउन सक्रियता देखाएका छन्। सदनको अवरोध हटाउने सम्बन्धका छलफल गर्न राष्ट्रपति पौडेलले आज प्रतिनिधि सभाको सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका छन्।  

शुक्रबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान १० बजेदेखि आधा घण्टा भएको भेटमा संसदको जारी अवरोधबारे छलफल भएको छ।  

भेटमा राष्ट्रपति पौडेलले संसद् अवरोध खुलाउन सभामुख र अध्यक्षबाट  भएका छलफल र प्रयासबारे समेत जानकारी लिएका थिए।  भेटमा सभामुख र राष्ट्रिय सभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाठ समेत सहयोगको अपेक्षा राखेका थिए। राष्ट्रपति पौडेलले बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरि संघीय संसद्को जारी अवरोधका विषय चासो देखाएका थिए।

एमालेले एक क्विन्टल सुन बराममद प्रकरण उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संघीय संसद्मा बैठक अवरुद्ध गर्दै आएको छ।

प्रकाशित: २६ श्रावण २०८० ०५:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App