१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता

आज दिउसो प्रधानमन्त्री पुष्पकमल दाहाल  र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको छ। दुवै देशका प्रधानमन्त्रीबिचको टेलिफोन वार्तामा नेपाल–भारतबिच आपसी हितका विविध विषयमा समीक्षा गरिएको बताइएको छ।

प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमणका क्रममा भएको छलफल र सहमति कार्यान्वयनका विषयमा फलोअपका रुपमा कुराकानी भएको हो। 

छलफलमा दुवै देशका प्रधानमन्त्रीले नेपाल भारतको आपसी सहयोगका विभिन्न पक्षहरूको समीक्षा गर्नुका साथै द्विपक्षीय साझेदारीलाई अगाडि बढाउन र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन सहमत हुनु भएको बताइएको छ। वार्ताका क्रममा प्रधानमन्त्री दाहालको हालै सम्पन्न भारत भ्रमणको क्रममा भएका छलफललाई र सहमतिको स्मरण गर्दै त्यसको कार्यान्वयनका पक्षमा जोड दिइएको थियो। 

भारतीय प्रधानमन्त्रीसँगको टेलिफोन वार्ताले दुई देशबिचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिइएको बताइएको छ।

प्रकाशित: २० श्रावण २०८० १५:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App