१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई

फाइल तस्बिर

नेकपा (एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन्।

एमाले अध्यक्ष  केपी शर्मा ओली गएराति कम्बोडिया हुने निर्वाचनको पर्यवेक्षकका लागि त्यसतर्फ गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। 

उनका अनुसार अध्यक्ष ओलीले संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी उपनेता सुवासचन्द्र नेम्वाङलाई दिएका छन्। अध्यक्ष ओली गएराति ११ः०० बजे पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल, उनका स्वकीय सचिव राजेश बज्राचार्यसहित कम्बोडिया प्रस्थान गरेका थिए। उनी यही साउन ८ गते स्वदेश फर्कने छन्। 

प्रकाशित: ३ श्रावण २०८० ११:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App