८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ। धुम्बाराहीमा केही बेरमा सुरु हुने केन्द्रीय समिति बैठक यही जेठ ३ गतेसम्म सञ्चालन हुने बताइएको छ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, वैशाख १० गते सम्पन्न उपनिर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लाका सांगठनिक गतिविधिसहितको रिर्पोटिङ तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल गरिने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए।

उनका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले भावी कार्यदिशा सम्बन्धि राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी संगठनको रणनीति र कार्यनीति सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्ने छन्।

बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्ने तथा सोही बैठकले पार्टीको आगामी कार्ययोजना र कार्यदिशाका बारेमा आफनो धारणा बनाउने बताइएको छ। बैठक वैशाख ३० र ३१ गते बस्ने भनिए पनि तयारी नभएको भन्दै आजका लागि सारिएको थियो।

प्रकाशित: १ जेष्ठ २०८० ०५:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App