९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

जापानी राजदूत किकुटा र परराष्ट्रमन्त्री साउदबीच शिष्टाचार भेट

नेपालका लागि जापानका राजदूत किकुता युताका र परराष्ट्र मन्त्री नारायणप्रसाद साउदबीच शिष्टाचार भेटवार्ता भएको छ। उनीहरुबीच मंगलबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको नेपालस्थित जापानी दूतावासले जनाएको छ।

यस अवसरमा राजदूत किकुटाले आफ्नो देशका विदेश मामिला मन्त्री हयाशी योशमासाले नेपाली परराष्ट्रमन्त्री साउदलाई पठाएको बधाई तथा शुभकामना पत्र हस्तान्तरण गरेका थिए।

दूतावासका अनुसार राजदूत किकुटा र परराष्ट्रमन्त्री साउदले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए। राजदूत किकुटाले नेपाल र जापानबीच लामो समयदेखि सुमधुर द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गरेका थिए।

परराष्ट्रमन्त्री साउदले जापानले नेपालसँग दशकौंदेखि विकास साझेदारका रूपमा काम गर्दै आएको र नेपालको आर्थिक–सामाजिक विकासमा सहयोग गरेको उल्लेख गरेका थिए।

राजदूत किकुटाले २०२३ अप्रिल २५ मा गएको गोरखा भूकम्पको ८ औँ वार्षिकोत्सव भएको सम्झना गर्दै भूकम्पपछिको विनाशबाट पुनः प्राप्तिको लागि नेपाल सरकार र नेपाली जनताको प्रशंसा पनि गरे।

राजदूतले विपद् रोकथामका लागि जनचेतना अभिवृद्धि गर्नुका साथै लचिलोपनमा सुधार गर्नुपर्नेमा जोड दिँदै यस क्षेत्रमा जापानको अनुभव आदान प्रदान गर्ने आफ्नो इच्छा व्यक्त गरे।

प्रकाशित: १३ वैशाख २०८० १०:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App