१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्णालीबाट ६१ सांसद

कर्णालीबाट प्रदेश सभा र प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिकसहित ६१ जना सांसद छानिएका छ। प्रदेशमा प्रत्यक्ष २४, समानुपातिक १६ र प्रतिनिधिसभामा प्रत्यक्ष १२ र समानुपातिक ९ जना संसाद गरेर ६१ जना पुगेका हुन्।

६१ सांसदमध्ये ३८ जना पुरुष र २३ जना महिला संसाद रहेका छन्। मुगुले प्रदेश र प्रतिनिधिसभामा समानुपातिक सांसद कुनै पनि पाएन् भने अन्य जिल्लाबाट प्रतिनिधित्व रहेको छ।  कर्णालीमा सवैभन्दा बढी सांसद पाउने जिल्ला दैलेख रहेको छ। दैलेखमा ११ जना सांसद रहेका छन् भने सुर्खेतबाट १० जना रहेका छन्। दैलेख र सुर्खेत प्रदेश र संघको संसद प्रत्यक्षतर्फ बराबर रहेको छ। कर्णालीमा प्रदेश सभा तर्फ २५ जना पूरुष र १५ जना महिला सांसद रहेका छन् भने प्रतिनिधि सभामा १३ जना पुरुष र ८ जना महिला रहेका छन्।  

कुन जिल्लामा कति सांसद?

दैलेखमा ४ प्रदेश सभा र २ प्रतिनिधि सभा रहेको दैलेखमा ११ जना सांसद रहेका छन्। दैलेख जतिकै निर्वाचन क्षेत्र रहेको सुर्खेतमा १० सांसद रहेका छन्। १ प्रतिनिधि सभा र २ प्रदेश सभा रहेको जुम्लामा ६ सांसद, रुकुम (पश्चिम) ७ सांसद, हुम्लामा ६ सांसद, कालिकोटमा ५ सांसद, सल्यानमा ५ सांसद, डोल्पामा ४ सांसद, जाजरकोटमा ४ सांसद, मुगुमा ३ सांसद गरि ६१ सांसद कर्णालीबाट यसपालिको प्रदेश र प्रतिनिधि सभा सांसदमा छानिएका हुन्।  

प्रकाशित: १ पुस २०७९ १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App