५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

बाँकेमा एमाले, कांग्रेस र राप्रपाको जित

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा देशभरिजस्तै बाँकेमा पनि मिश्रित परिणाम आएको छ। प्रतिनिधिसभा र प्रदेशसभा गरी नौवटा सिट रहेको बाँकेमा प्रतिनिधिसभाका तीन सिटमा एमाले, कांग्रेस र राप्रपाका उम्मेदवार निर्वाचित भएका छन्। प्रदेशसभामा जसपा दुईजना, एमाले दुई, कांग्रेस र माओवादी केन्द्रका एक/एकजना उम्मेदवार निर्वाचित भएका छन्।

क्षेत्र नम्बर ३(क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित कृष्णा केसीबाहेक बहालवाला र निवर्तमानमन्त्री एवम् सांसदसम्म पुनः निर्वाचित भएनन्। बाँके क्षेत्र नम्बर १ मा बहालवालामन्त्री एवम् माओवादी केन्द्रका नेता महेश्वरजंग गहतराज अथकलाई पराजित गर्दै एमालेका नेता सूर्य ढकाल निर्वाचित भएका छन्। ढकालले २५ हजार २६ मत पाउँदा अथकले १९ हजार ६ सय ३२ मत पाए। यता क्षेत्र नम्बर २ मा निवर्तमानमन्त्री एवम् जसपाका नेता मोहम्मद इश्तियाक राईलाई उछिन्दै नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख डा. धवलशमशेर राणा निर्वाचित भए।  

राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गर्दा जसपाका मोहम्मद इश्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरे। क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा नेपाली कांग्रेसका महामन्त्री किशोरसिंह राठौर निर्वाचित भए। उनले खुजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मत कक्षपतिलाई पराजित गरे। राठौरले २९ हजार ४० मत प्राप्त गर्दा कक्षपतिले २४ हजार दुई सय ४७ मत पाए।  

प्रदेशसभा सदस्यमा क्षेत्र नम्बर १ (क)बाट माओवादी केन्द्रकी कृष्णा केसी नमुना निर्वाचित भइन्। उनले नौ हजार एक सय ३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले सात हजार नौ सय ६६ मत प्राप्त गरे। क्षेत्र नम्बर २ (क) मा जसपाका भण्डारीलाल यादवले ११ हजार पाँच सय चार मत ल्याएर निर्वाचित भए भने २(ख) मा जसपाकै आदेश अग्रवाल आठ हजार दुई सय ४६ मत ल्याएर निर्वाचित भएका छन्। क्षेत्र नम्बर ३ (क) मा एमालेका रत्न खत्री १३ हजार एक सय ५८ मत ल्याएर निर्वाचित भए। बाँके निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभातर्फ (२) मा नेकपा एमालेका दुर्गाप्रसाद चौधरी १५ हजार ६ सय ६७ मत ल्याएर निर्वाचित हुँदा क्षेत्र नम्बर ३(२) मा कांग्रेसका बादशाह कुर्मी १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित भए।  

स्थानीय तहको चुनावमा नेकपा एमालेले पालिकामा जित हासिल गरेन। तर प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा भने गठबन्धनसँग प्रतिस्पर्धा गरेको एमालेले अपेक्षाभन्दा बढी उत्साहित भएको छ।

नेकपा एमालेका नवनिर्वाचित सांसद सूर्य ढकाल,राप्रपाका नवनिर्वाचित सांसद धवलशमशेर राणा, नेपाली कांग्रेसका नवनिर्वाचित सांसद किशोरसिंह राठौर

प्रकाशित: १० मंसिर २०७९ १०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App