५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
विचार

पूर्वी एसियामा नयाँ लहर

किशोर महबुबानी  

मृतक संख्याले झुट बोल्दैन। पूर्वी एसियाली देश र पश्चिमा देशबीच कोभिड–१९ का कारण मर्नेको संख्यामा सबभन्दा अचम्मलाग्दो अन्तर छ। अहिलेसम्म पूर्वी एसियाली देशमा प्रति १० लाख जनसंख्यामा कोभिड–१९ का कारण मर्ने व्यक्तिको संख्या १० छ भने पश्चिमका देशमा यो अनुपात सयौं पुगेको छ। उदाहरणका लागि, जापानमा प्रति १० लाख जनसंख्यामा कोभिड–१९ बाट मर्नेको संख्या ७.८ छ। त्यस्तै, दक्षिण कोरियामा ५.८, सिंगापुरमा ४.६, चीनमा ३.२ छ। सबभन्दा उल्लेखनीय संख्या त भियतनामको हो। भियतनाममा अहिलेसम्म कोभिड–१९ का कारण एक मानिसको पनि निधन भएको छैन। तर, बेल्जियममा प्रति १० लाख जनसंख्यामा आठ सय ४६ जनाको निधन भएको छ। त्यस्तै, बेलायतमा ६६९, स्पेनमा ६०८, इटालीमा ५८० र संयुक्त राज्य अमेरिकामा चार सय २९ मानिसको निधन भएको छ।  

यो अस्वाभाविक अन्तरको कारण के हुन सक्छ ? यो प्रश्नको उत्तर दिन सहज छैन। तर, यसका सम्भावित तीन कारण हुन सक्छन्।  

पहिलो, पूर्वी एसियाका कुनै पनि देशले फ्रान्सिस फुकुयामाको ‘इतिहासको अन्त्य’मा उल्लिखित मानिसले हासिल गर्न सक्ने अधिकतम सम्भावनाको उचाइमा आफू पुगेको कुरामा विश्वास गरेनन्।

दोस्रो, पूर्वी एसियाका देशले सरकारी संस्थालाई कमजोर बनाउनुको सट्टा बलियो बनाउन लामो समयदेखि लगानी गरिरहेका छन्। अहिले उनीहरू त्यसैको प्रतिफल चाखिरहेका छन्। तेस्रो, चीनको भव्य उदयले उसका क्षेत्रीय छिमेकी देशलाई अवसरका साथै चुनौती पनि थपिएका छन्।  

अति सरलीकरण जहिले पनि खतरनाक हुन्छ। तथापि, प्रमाणहरूले युरोपेलीहरू राज्य प्रायोजित सामाजिक सुरक्षामा विश्वास गर्ने र पूर्वी एसियालीहरू संघर्ष र त्यागले भरिपूर्ण जीवनमा विश्वास गर्ने देखाएका छन्। फ्रान्समा पेन्सन प्रणालीमा सुधार गर्न र अवकाशपछि दिइने सुविधा कटौती गरेर अपरिहार्य बनिसकेको बजेट घाटा टाल्न राष्ट्रपति इमानुएल माक्रोंलाई ठूलै जोखिम उठाउनुप¥यो। त्यसकारण फ्रान्स महिनौँसम्म ‘एल्लो भेस्ट’ विरोध प्रदर्शनमा अल्झिनुप¥यो। तर, सन् १९९७–९८ मा दक्षिण कोरिया जब ज्यादै गम्भीर खालको वित्तीय संकटमा फस्यो, त्यहा“का वृद्ध महिलाले सहायतास्वरूप केन्द्रीय बैंकलाई आफ्ना गरगहना चन्दा दिएका थिए।  

पूर्वी एसियालीहरू पछिल्ला दशकमा आफ्नो समाज समृद्ध बन्दै गएको अनुभव गरिरहेका छन्। तथापि, तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा लगातार अनुकूलित बन्दै जानुपर्ने चुनौती छ। सार्वजनिक संस्थामा ती देशका सरकारले गरिरहेको बढ्दो लगानीले उनीहरूलाई यी चुनौती सामना गर्न सहज बनाएको छ।  

अरु देशभन्दा पूर्वी एसियाली देशहरूको अमेरिकास“गको अन्तर फराकिलो नहुन सक्थ्यो। सन् १९८१ मा राष्ट्रपति निर्वाचित भएर रोनाल्ड रेगनले दिएको पहिलो भाषणमा ‘सरकार सबै समस्याको समाधान होइन, बरु सरकार नै समस्या हो’ भन्ने भनाइपछि अमेरिकामा ‘असल शासन’ शब्द नै विरोधाभासपूर्ण बनेको छ। यस्तो मनस्थितिको परिणाम हामीले पछिल्ला साता फेरि देख्यौँ। अमेरिकी संघीय उडड्यन विभाग, अमेरिका खाद्य तथा औषधि विभाग र अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रजस्ता संसारभर गनिएका संस्था कमजोर बन्दै गएबाट यस्तो मनस्थिति उजागर भएको छ। अनेकन् संकटले थलिएको अवस्थामा आज कोही पनि अमेरिकी नेताले ‘सरकार नै समाधान हो’ भन्ने हिम्मत गर्दैनन्।

पूर्वी एसियालीहरू पछिल्ला दशकमा आफ्नो समाज समृद्ध बन्दै गएको अनुभव गरिरहेका छन्। तथापि, तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा लगातार अनुकूलित बन्दै जानुपर्ने चुनौती छ। सार्वजनिक संस्थामा ती देशका सरकारले गरिरहेको बढ्दो लगानीले उनीहरूलाई यी चुनौती सामना गर्न सहज बनाएको छ।  

अर्कोतिर पूर्वी एसियाली समाज असल शासनको गहिरो र बलियो विश्वासमा अडेको छ। यसले सरकारी संस्थाप्रति आदर गर्ने एसियाली परम्परा प्रतिविम्बत गरेको छ। उदाहरणका लागि भियतनामले महामारीलाई प्रभावकारी तरिकाले व्यवस्थापन गर्न सक्नुको कारण त्यहा“को सरकार संसारकै सबभन्दा अनुशासित सरकारमध्येको एक भएर मात्र होइन, बरु सरकारले स्वास्थ्य क्षेत्रमा गरेको बुद्धिमतापूर्ण लगानीका कारण पनि हो। सन् २००० देखि २०१६ सम्म त्यहा“को प्रतिव्यक्ति जनस्वास्थ्य क्षेत्रमा लगानी प्रतिवर्ष औसत नौ प्रतिशतले बढेको छ। त्यसले सन् २००२–२००३ मा सार्सको महामारी फैलिँदा भियतनामलाई राष्ट्रिय जनस्वास्थ्य आपतकालीन केन्द्र र अनुगमन प्रणाली बनाउन सक्षम बनायो।  

भियतनामले निकै तल्लो तहबाट सुरुवात ग¥यो। त्यस आधारमा उसले गरेको प्रगति चकित पार्ने खालको छ। तीन दशकअघि शीतयुद्ध समाप्त हु“दा र झन्डै ४५ वर्ष लगातार लडाइँ लडेर अन्ततः लड्न छोड्दा त्यो देश संसारकै सबभन्दा गरिब मानिस बस्ने देशमध्ये थियो। तर, उसले चीनको आर्थिक ढा“चाबाट सिक्यो। वैदेशिक व्यापार र लगानीलाई भित्र्यायो। भियतनाम अन्ततः संसारकै सबभन्दा तीव्र गतिमा विकास भएको अर्थतन्त्रमा गनिएको छ।  

सन् २०१६ मा विश्व बैंकका तत्कालीन सभापति जिम योङ किमले बितेका २५ वर्षमा भियतनामको औसत वार्षिक आर्थिक वृद्धिदर झन्डै सात प्रतिशत हुनुले त्यो देशलाई एकै पुस्तामा मध्यम आयको आर्थिक स्तरमा पु-याउने फड्को मार्न सम्भव बनायो। त्यहीबेला किमले भियतनामले अति गरिबीदर ५० प्रतिशतबाट मात्र तीन प्रतिशतमा झार्ने ‘विशेष उल्लेखनीय उपलब्धि’ हासिल गर्न सम्भव बनाएको भनी प्रशंसा गरेका थिए।  

तर, भियतनामको यो सफलता आकाशबाट खसेको पक्कै होइन। सोभियत संघको विघटनपछि भियतनाम पूर्वी एसियामा अस्तित्वमा रहेका विभिन्न क्षेत्रीय संगठनजस्तै दक्षिणपूर्वी एसियाली देशको संगठन आसियान र एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) मा सामेल बन्यो। त्यस्ता संगठनमा गएर उसले चीन लगायत आफ्ना छिमेकी देशबाट धेरै कुरा सिक्यो। हालसालै मात्र भियतनाम ११ देशबीच भएको विस्तृत तथा प्रगतिशील अन्तरप्रशान्त साझेदारी सहमतिमा सामेल बनेको छ।  

चीन र भियतनामबीच पछिल्लोपटक सन् १९७९ मा लडाइँ भएको थियो। त्यसकारण चीनको पुनरोदयलाई लिएर भियतनामले स्वभावतः असुरक्षा पनि महसुस गर्न सक्छ। तर, यस्तो असुरक्षा भावले भियतनामका नीति–निर्मातालाई अझ बढी रणनीतिक रूपमा अनुशासित र सावधान बनाएको छ। त्यो अवस्थाले  पनि महामारीका समयमा भियतनामलाई विशेष भूमिका खेल्न सक्ने बनाएको छ। चीनको उदयले जापान र दक्षिण कोरिया लगायत केही छिमेकी देशलाई यसरी नै बलियो बन्न मद्दत गरेको छ।  

सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले प्रायः इन्टेलका प्रमुख कार्यकारी अधिकारी (सीइओ) एन्डी ग्रुभको मन्त्र– ‘शंकालु मात्र टिक्न सक्छ’ दोहो¥याउने गर्छन्। शंकालु हुनु सामान्यतः नकारात्मक कुरा हो। यसले प्रतिकूलतास“ग भिड्न र आफू जोगिन बलियो शक्ति भने प्रदान गर्छ। ठुल्ठूला प्रतिकूलतास“ग लड्ने बलियो प्रतिबद्धताले पनि पश्चिमा देशको तुलनामा पूर्वी एसियाली देशले महामारीविरुद्ध प्रभावकारी तरिकाबाट लड्न सक्ने बनायो। अनि यदि पूर्वी एसियाली क्षेत्रीय आर्थिक शक्ति महामारीपछि चा“डै पुनस्र्थापना भए निराशामा डुब्दै गरेको आजको संसारलाई थोरै मात्र भए पनि आशाको किरणले उज्यालो बनाउनेछ।  
(सिंगापुरको नेसनल विश्वविद्यालयअन्तर्गत एसिया अध्ययन प्रतिष्ठानका वरिष्ठ प्राध्यापक किशोर महबुबानी ‘ह्याज चाइना वन ?’ नाको पुस्तकका लेखक हुनुहुन्छ।)  

स्रोतः प्रोजेक्ट सिन्डिकेट
नेपाली भावानुवादः नीरज लवजू  

प्रकाशित: १५ श्रावण २०७७ ०५:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App