१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आगलागीमा १८ लाखको क्षति

इलाम – इलामको माङ्सेबुङ गाउँपालिकास्थित एक घरमा आगलागी हुँदा साढे १८ लाख रुपैयाँबराबरको क्षति भएको छ।

माङ्सेबुङ–२ स्थित धनजित राईको २ तल्ले घरमा आगलागी हुँदा घरमा राखिएको अन्नपात, भाँडावर्तन, साउन्ड सिस्टम, नगद ५३ हजार र स्थानीय आकाशे खानेपानी संस्थाको पाइपलगायत जलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोलारको तार सर्ट भइ घरमा आगलागी भएको थियो। प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरीले जनाएको छ।

प्रकाशित: ५ जेष्ठ २०७५ ०५:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App