१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

महारानी एलिजाबेथको अन्त्येष्टिमा भाग लिन भारतकी राष्ट्रपति द्रौपदी मुर्मु लन्डनमा

भारतकी राष्ट्रपति द्रौपदी मुर्मू महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा भाग लिन पुगेकी छन्।

भारत सरकारको तर्फबाट शोक व्यक्त गर्न उनी बेलाइतको औपचारिक भ्रमणमा पुगेकी हुन्।  सोमबार महारानी एलिजाबेथको राजकीय सम्मानका साथ वेष्टमिनिस्टर गिर्जाघरमा अन्त्येष्टि हुँदैछ।  

भारतका राष्ट्रपति आज महारानीको कफिनाई समाधिस्थ गरिनेस्थलमा उपस्थित हुनेछिन् भने बकिङघम दरबार नजिकस्थित ल्यान्कास्टर हाउसमा भारत सरकारको तर्फबाट शोक पुस्तिकामा हस्ताक्षर गर्नेछिन्।

सोमबार बिहान ११ बजे हुने अन्त्येष्टि सेवा अघि बकिङघम दरबारमा विदेशी नेताहरूका लागि राजा चार्ल्स तृतीयद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुनेछिन्। त्यसपछि उनी बेलायतका विदेश, राष्ट्रमण्डल र विकास मामिलामन्त्री जेम्स क्लिभरलीले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम छ।

बेलायतकी पूर्वराष्ट्रप्रमुख तथा राष्ट्रमण्डल प्रमुख महारानी एलिजाबेथ द्वितीयको  ९६ वर्षको उमेरमा गत भदौ २३ गते स्कटल्याण्डको ग्रीष्मकालीन निवास बालमोरल दरबारमा निधन भएको हो।

महारानीको सम्मानमा भदौ ११ गते भारतभर राष्ट्रिय शोक मनाइएको थियो। बेलायत साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलाइतको सबैभन्दा लामो समय शासन गर्ने राजा र स्थिरताको प्रतीक उनी ७० वर्षसम्म राजसिंहासनमा रहकी थिइन्।  

प्रकाशित: २ आश्विन २०७९ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App