१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ईरानी आक्रमणपछि इजराइलले गाजामाथि थप दबाब बनाउने

ईरानले आक्रमण गरेपछि  इजराइले गाजामाथि थप दबाब बनाउने बताएको छ। इजराइली सेनाले ईरानको आक्रमणपछि आफू युद्धबाट विचलित नहुने भन्दै गाजामा थप दबाब बनाउने बताएको हो।

ईरानले शनिवार राति इजराइलमाथि तीन सयभन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेपछि विश्व शक्तिहरूले संयमता अपनाउन आग्रह गरेका छन्। यद्यपि इजराइली सेनाले इरानको अधिकांश आक्रमणलाई विफल पारेको बताएको छ।

यसै महिनाको प्रारम्भमा दमास्कसमा एउटा घातक आक्रमणको प्रतिशोधमा तेहरानले इजराइलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमण सम्पूर्ण क्षेत्रमा महिनौँसम्म भएको हिंसापछि भएको हो। उक्त हिंसामा इरानी ‘प्रोक्सी’ सहभागी थिए। इजराइलले युद्धग्रस्त गाजा क्षेत्रमा प्यालेस्टिनीहरूको समर्थनमा इरानले काम गरेको बताएको छ।

मध्यस्थकर्ताहरूले अक्टोबर ७ मा हमासको आक्रमणबाट सुरु भएको युद्धलाई रोक्नका लागि एउटा सम्झौतामा ध्यान दिएका बेला सुदूर दक्षिणी सहर रफाहमा सेना पठाउने इजराइली योजनामाथि आशङ्काहरू बढेको बताएका छन्। रफाहमा गाजाका २४ लाख मानिसमध्ये अधिकांशले शरण लिएका छन्।

यसैबीच, हमासले इजरायलले रातभर दर्जनौँ हवाई आक्रमण गरेको बताएको छ। इजरायलले केही समय अघि अब रफाह क्षेत्रमा पनि आक्रमण गर्ने चेतावनी दिइसकेको छ। रासस

प्रकाशित: ३ वैशाख २०८१ १३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App