१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायलमाथि ईरानी आक्रमण सुरु, मध्यरातमा अमेरिकी राष्ट्रपतिलाई फोन

ईरानले इजरायलमाथि आक्रमण सुरु गरेको छ। ईरानी सेनाले इजरायलको तर्फबाट लगातार बढ्दै गएको आपराधिक गतिविधिविरुद्ध आक्रमण सुरु गरेको बताएको छ।

बीबीसीका अनुसार गत अप्रिल १ मा सिरियास्थित ईरानी वाणिज्य दूतावासमाथि भएको आक्रमण इजरायलले गराएको आरोप लगाउँदै ईरानले आक्रमण सुरु गरेको हो।

‘अपरेशन टू प्रमिस’ नाम दिएर ईरानले शनिवार रातभर इजरायलमाथि ड्रोन र मिसाइलले आक्रमण गरेको हो।

ईरानले इजरायलको जेरुशेलमसहित विभिन्न सहरमा आक्रमण सुरु गरेको हो। हालसम्म आक्रमणले के कति क्षति भयो भन्ने यकिन विवरण सार्वजनिक भएको छैन।

पहिलेदेखि हमाससँग युद्धमा रहेको इजरायललाई ईरानी आक्रमण पछि तनाव उत्पन्न भएको छ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति जो बाइडनबीच टेलिफोनमा वार्ता भएको छ। प्रधानमन्त्री नेतन्याहूले ईरानी आक्रमणबारे बाइडनलाई जानकारी गराएका छन्।

त्यस्तै अमेरिकामा पनि इजरायलमाथि भएको आक्रमणको विषयमा सुरक्षा समितिमा छलफल भएको छ। 

प्रकाशित: २ वैशाख २०८१ ०८:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App