११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सात तल्ले घरमा आगलागी हुँदा ४३ जनाको मृत्यु

बङ्गलादेशको राजधानी ढाकामा सात तल्ले घरमा आगलागी हुँदा कम्तिमा ४३ जनाको मृत्यु भएको छ। अन्य २२ जना घाइते भएका छन्।

विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार गयराति ९ः ५० बजे तिर आगलागी भएको हो। स्थानीय प्रहरी अधिकारीहरूले उक्त घरको पहिलो तल्लामा रहेको एक रेस्टुरेन्टमा आगलागी भएको बताएका छन्।

आगलागीको क्रममा ७५ जना भवनमा फसेका र तीमध्ये ४२ जना वेहोस भएका थिए। उनीहरूलाई तत्काल अस्पताल पुर्याइएकोमा ३३ जनाको मृत्यु भएको बङ्गलादेशका स्वास्थ्य मन्त्री डा.सामन्त लाल सेनले बताए।

उनका अनुसार ढाका मेडिकल कलेज हस्पिटलमा ३३ जना र शेख हसिना नेशनल इन्स्टिच्यूट अफ बर्न एन्ड प्लास्टिक सर्जरी हस्पिटलमा भर्ना भएका १० जनाको मृत्यु भएको हो।

घाइते २२ जनाको उपचार अहिले भइरहेको पनि उनले बताए।

आगलागीको कारण भने खुलेको छैन।

प्रकाशित: १८ फाल्गुन २०८० ०७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App