१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा ३ वटा विश्व व्यापी पोलियो भाइरस फेला

पाकिस्तानका ढल नमुनाहरूमा थप तीनवटा विश्वव्यापी पोलियो भाइरस फेला परेको छ। पाकिस्तानी स्वास्थ्य मन्त्रालयका अनुसार पाकिस्तानको विभिन्न प्रान्तबाट सङ्कलन गरिएको नमूनाहरूमा तीनवटा विश्वव्यापी पोलियो गराउने भाइरस फेला परेको मङ्गलवार जनाएको हो।

पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरबाट डिसेम्बर ११ मा, सङ्घीय राजधानी इस्लामाबादबाट डिसेम्बर १२ मा र दक्षिणी बन्दरगाह शहर कराचीबाट डिसेम्बर  १३ मा सङ्कलन गरिएको वातावरणीय नमूनामा भाइरस फेला परेको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको हो। एक सय १५ वटा नमूनाको परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ।

भाइरसको सङ्क्रमणबाट बच्चाहरू अपाङ्गता पैदा गर्ने विभिन्न खालका रोगबाट निरन्तर जोखिम रहन्छ।  राष्ट्रिय स्वास्थ्य सेवा, नियमन र समन्वयका लागि पाकिस्तानी कार्यवाहक मन्त्री नदीम जानलाई उद्धृत गर्दै विज्ञप्तिमा यस्तो उल्लेख गरेको छ।

यो भाइरसले विशेष गरी शारिरीक रूपमा कमजोर बच्चाहरूलाई पक्षाघात निम्त्याउन सक्ने उनले बताए।    

विश्व स्वास्थ्य सङ्गठनका अनुसार पाकिस्ता छिमेकी राष्ट्र अफगानिस्तानसँगै विश्वको दुई पोलियो–स्थानिक देशहरू मध्ये एक हो। पाकिस्तानमा सन् २०२३ मा छ वटा पोलियोका घटना दर्ता भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। रासस  

प्रकाशित: ३ माघ २०८० ०३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App