७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१०३ जनाको मृत्यु पछि इरानमा आज राष्ट्रिय शोक

इरानमा विस्फोटमा परी १०३ जनाको मृत्यु भएपछि राष्ट्रिय शोकको घोषणा गरिएको छ। इरानी समाचार संस्था इरनाका अनुसार आज एक दिनका लागि राष्ट्रिय शोकको घोषणा गरिएको हो। साथै विस्फोट भएको करमन प्रान्तमा तीन दिन शोक मनाइने छ।

बीबीसीका अनुसार इरानको संसदको राष्ट्रिय सुरक्षा आयोग र विदेश नीति समितिले विस्फोटबारे अनुसन्धानका लागि टोली गठन गरेर करमन पठाउने निर्णय गरेको छ।

इरानमा बुधवार जनरल कासिम सुलेमानीको वार्षिक स्मृति सभामा सहभागि हुन भेला भएका भीडलाई लक्षित गरी दुई वटा बम विस्फोट भएको थियो। विस्फोटमा परी १०३ जनाको मृत्यु हुनुका साथै २ सयभन्दा बढी घाइते भएका छन्।

सन् २०२० जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा कासिम सुलेमानीको बगदादमा हत्या गरिएको थियो। सुलेमानीलाई ईरानको सबैभन्दा शक्तिशाली सर्वोच्च धार्मिक नेता आयतुल्लाह अली खामनेई पछिको दोस्रो ठूलो शक्तिशाली नेता मानिन्थ्यो।  

प्रकाशित: १९ पुस २०८० ०३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App