११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

२४ घन्टामा गाजा क्षेत्रमा ७ सयभन्दा बढीको मृत्यु

इजरायली आक्रमणका कारण गत २४ घन्टामा गाजा क्षेत्रमा ७ सयभन्दा बढीको मृत्यु भएको छ। गाजाको स्वास्थ्य अधिकारिहरूका अनुसार इजरायलको हवाई आक्रमणमा ७ सयभन्दा बढी मानिसहरूको मृत्यु भएको हो।

बीबीसीका अनुसार गाजामा मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रको कार्यालयका अनुसार यो इजरायल–हमास युद्धमा एकैदिन मारिने मानिसहरूको हालसम्मकै ठूलो सङ्ख्या हो।

हमासले गत ७ अक्टुबरमा इजरायलमाथि आक्रमण सुरु गरेको थियो। हालसम्म जारी युद्धमा इजरायलका मौ १४ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने गाजामा ४ हजारभन्दा बढीको मृत्यु भएको छ।  

प्रकाशित: ८ कार्तिक २०८० ०६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App