११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बङ्गलादेशमा डेङ्गीका कारण मृत्यु हुनेको सङ्ख्या नौ सय नाघ्यो

बङ्गलादेशमा यस वर्ष हालसम्म डेङ्गी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय नाघेको छ। एक लाख ८७ हजार ७२५ जनाभन्दा बढीमा डेङ्गीको सङ्क्रमण देखिएको बङ्गलादेशको स्वास्थ्य विभागले जनाएको छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सेप्टेम्बरमा ३१६, अगस्टमा ३४२ र जुलाईमा २०४ गरी कूल ९०९ जना  डेङ्गी सङ्क्रमित बिरामीको मृत्यु भएको हो।

महानिर्देशनालयका अनुसार सेप्टेम्बरमा ६३ हजार ९१७, अगस्टमा ७१ हजार ९७६ र जुलाईमा ४३ हजार ८५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ। 

दक्षिण एसियाली मुलुकमा स्थानीय समयअनुसार आइतवार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ भने तीन हजार ८ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ।

हालसम्म डेङ्गीको सङ्क्रमण पछि निको हुनेको सङ्ख्या एक लाख ७६ हजार ३४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बरको मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो।

प्रकाशित: ८ आश्विन २०८० ०६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App