१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तोशिबा कम्पनीको शताब्दी पुरानो विरासत समाप्त

विद्युतीय उपकरण उत्पादनका निम्ति विश्वविख्यात जापानी कम्पनी तोशिबाले सूचीबद्ध कम्पनीको रूपमा आफ्नो युग समाप्त भएको घोषण गर्दै कम्पनीको ८० प्रतिशत सेयर एउटा निजी समूहले खरिद गरेको जनाएको छ।  

सन् १८७५ मा स्थापना भएको तोशिबा कम्पनी १९ औँ शताब्दीमा जापानको आर्थिक पुनरुत्थान र प्राविधिक क्षेत्रमा नवप्रवर्तनको पर्याय बनेको थियो। सत्तरी वर्षसम्म सेयर बजारमा सूचीकृत कम्पनी अब त्यसबाट हट्ने प्रमुख कार्यकारी अधिकृत तारो सिमादाले बताएका छन्। ‘तोसिबा समूहले अब नयाँ सेयरधनीका साथ नयाँ भविष्यतर्फ ठूलो कदम चाल्नेछ,‘ बिहीबार एक विज्ञप्ति निकालेर उनले भनेका छन्।  

जापानमा मात्र नभएर विदेशमा पनि घरायसी ब्राण्ड बनेको तोसिबा कम्पनीले प्रारम्भिककालमा ल्यापटप कम्प्यूटर, लिफ्ट र आणविक पावर स्टेशनहरूदेखि माइक्रोचिपसम्म निर्माण गर्दै आएको थियो। सन् २०१५ मा भएको आर्थिक घोटाला र अमेरिकी आणविक सहायक वेस्टिङहाउसबाट अर्बौं डलरको घाटा व्यहोर्नुपरेपछि केही वर्षदेखि कम्पनी सङ्कटमा फसेको थियो।रासस

प्रकाशित: ४ आश्विन २०८० ११:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App