१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठानमा अख्तियारकाे छापा

वीपी प्रतिष्ठानमा आएको अख्तियारको टोलीको गाडी। तस्बिर: रोहित/नागरिक

आर्थिक अनियमितताबारे छानबिन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहिबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ। आयोगको केन्द्रीय कार्यालय टंगालबाट एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा आएको टोलीले प्रतिष्ठानमा छापा मारेको हो।  

टोलीमा इटहरीस्थित अख्तियारको क्षेत्रीय कार्यालयका कर्मचारी पनि रहेको छ। एसएसपी तामाङले केन्द्रीय कार्यालय र इटहरी कार्यालयमा परेको विभिन्न उजुरीहरुको छानबिनको लागि आएको बताए। छानबिन क्रममा आवश्यक पर्ने कागज नियन्त्रणमा लिने वा सिल गर्नुपर्ने कामहरु आवश्यकता अनुसार गर्ने पनि उनले जानकारी दिए।  

एसएसपी तामाङले केही खरिद र निर्माण सम्बन्धमा परेको उजुरीबारे छानबिन गर्न आएको पनि प्रष्ट पारे। छानबिन र अध्ययनको कार्य केही दिनसम्म हुने पनि बताए। ‘उजुरीको छानबिन गर्न आएका हौं, भर्खर छानबिन सुरु भएको छ,’उनले भने,‘केही अध्ययन गछौं, केही लिएर जान्छौं। केही दिन समय लाग्नसक्छ।’

प्रतिष्ठानमा एमसिएच भवन निर्माण, मुटु र क्यान्सर रोग भवनको परामर्शदाता छनौटको टेण्डर, औषधी भवनको निर्माण, कोभिड अस्पतालमा एचडियु खरिद, सिटिस्क्यान मेशिन, एमआरई मेशिनलगायत खरिदमा व्यापक अनियमितता भएको सार्वजनिक हुँदै आएको छ। 

यी बिषयहरुमा पटक पटक छानबिन भएपनि हालसम्म कसैलाई कारबाही हुन भने सकेको छैन। विगत दुई महिनादेखि प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, कर्मचारीहरुले अनियमितताको छानबिन गरेर दोषीलाई कारबाहीको मागसहित आन्दोलन गरिरहेका छन्।

प्रकाशित: २८ श्रावण २०७८ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App