७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

वीपीका उपकुलपतिले गरे फेरि वार्ताको आह्वान, आन्दोलनकारीद्वारा पुनः अस्वीकार

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले एक महिनादेखि आन्दोलनरत संयुक्त संघर्ष समितिलाई पुनः वार्तामा आउन आह्वान गरेका छन्। उपकुलपति गिरीले बिहिबार राती एक अपिलमार्फत आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन्। गएको असार १५ गते बीचैमा वार्ता भाँडिएपछि उनले पुनः वार्ताको लागि गरेको यो दोस्रो आह्वान हो। तर, आन्दोलनकारीले भने दुवै पटक वार्ता गर्न अस्वीकार गरेका छन्।  

आन्दोलनरत पक्षले चारै जना पदाधिकारीहरुको राजिनामा माग गर्दै उनीहरुसँग वार्ता नगर्ने अडान राखेका छन्। सहकुलपति एवं कुलपतिस्तरबाट गठन भएको उच्चस्तरीय समितिसँग मात्र वार्ता गर्ने उनीहरुको वटमलाइन छ। संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले भने,‘हाम्रो वटमलाइन भनेकै चारै जनाको बर्हिगमन र उच्चस्तरीय समितिसँग मात्र वार्ता गर्ने हो। यहाँका पदाधिकारीहरुसँग वार्ता हुदैन।’

उपकुलपतिले भने बिहिबार जारी गरेको अपिलमा आन्दोलनरत पक्षको १२ बुँदे मागबारे पनि संस्थागत धारणा सार्वजनिक गरेका छन्। प्रतिष्ठानलाई सवल र सक्षम बनाउन आन्दोलनरत पक्षले अघि सारेको माग पुरा गर्ने भन्दै उनले सुशासन प्रर्वद्धन सम्बन्धी नीति तर्जुमा गरी कार्यान्वयन गर्ने, प्रतिष्ठानको शिक्षण सेवातर्फ सम्पुर्ण कार्यहरु, अस्पताल सेवा र प्रशासनका विभिन्न कार्यहरु, प्रतिष्ठानका विविध प्रशासनिक कार्यहरुलाई डिजिटल प्रणालीमा विकास गर्न र सुसञ्चालनको लागि प्रतिष्ठान डिजीटलाइजेसन सम्बन्धी नीति निर्माण गरि तत्काल परिवर्तनको अनुभीति दिलाउने गरि कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाएका छन्।

यसैगरि, मेडिकल सामग्रीलगायत अन्य उपकरणको सन्दर्भमा अस्पताल निर्देशकलाई थप जिम्मेवार बनाउदै अस्पतालको वर्तमान अवस्था, सुधार गर्नुपर्ने विविध पक्ष, सुधारका चुनौतीसहितको श्वेतपत्र जारी गरेरआवश्यक समाधान गर्न आन्दोलनरत पक्ष, विभिन्न निकाय, स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरेर समाधान गर्ने प्रतिवद्धता पनि उपकुलपति गिरीले अपिलमा व्यक्त गरेका छन्।

प्रकाशित: १ श्रावण २०७८ ०६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App