९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

चाँंगुनारायण नगरपालिकाले बनायो आइसोलेसन सेन्टर

के तपाईलाई कोभिड भएको छ ?, घर वा कोठामा बस्ने उपयुक्त वातावरण छैन ? त्यसो हो भने तपाईका लागि उपयुक्त ठाउँं हुनसक्छ भक्तपुर । भक्तपुरको चाँंगुनारायण नगरपालिका दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) भक्तपुरको आइसोलेसन सेन्टर तपाईका लागि उपयुक्त ठाउँं हुनसक्छ ।  

हाल पहिलो चरणमा ४३ पुरुष र सात जना महिलाका लागि यहाँं बेड तयार भएको छ । आइसोलेसन केन्द्रमा यसअघि पनि बिरामी बसिसकेका थिए । तर अहिले बिरामी खाली छन् । आएका सबै बिरामीहरु सबै निको भएर गएपछि त्यहाँं बिरामी शुन्य भएका हुन् ।  

कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठ आवश्यक परेमा आइसोलेसन केन्द्रमा डाक्टर र नर्सको प्रबन्ध पनि भएको बताउँंछन् । चाँंगुनारायण अस्पतालसँंग संयोजन गरी चाँंगुनारायण नगरपालिकाबाट सञ्चलित नेक आइसोलेसन केन्द्रमा जोसकै पीडितले सम्पर्क गर्न सकिने उनले जनाए । बिरामीका लागि अक्सिजन तथा खाना खाजाको पनि निःशुल्क व्यवस्था रहेको उनले जनाए ।

पहिलो पटक चाँंगुनारायण नगरपालिका वडा ६ खरिपाटी नगरकोटमा पसल भएका काभ्रेको मण्डन देउपुर नगरपालिकाका एक जोडी दम्पती बस्न थालेका थिए । साथै अरु झण्डै एक दर्जन जति त्यहाँं बसेर निको भई घर फर्किसकेका छन् ।  

केन्द्र राख्नका लागि नेकले आफनो कार्यक्रम हललाई प्रयोग गर्न दिएको हो । बाँंकी चाँंगुनारायण नगरपालिका खरिपाटी भक्तपुर, बागमती प्रदेश नेपालले आइसोलेसन केन्द्रको बन्दाेबस्त गरेको हो ।

नेकको सहकार्यमा त्यहाँं आइसोलेसन केन्द्र राखिएको हो । त्यसको संयोजनको जिम्मेवारी नेकलाई दिएको छ । नेकले त्यसका लागि स्थानीय कर्मचारी मनोहर खनाललाई जिम्मेवारी सुम्पेको छ । जिम्मेवारीकर्ता खनालले सुरुमा बिरामीले खानाको लागि आफूले नै पैसा तिर्नुपर्ने भए पनि अहिले भक्तपुर उद्योग वाणिज्य संघले सहयोग गरेपछि त्यो पनि निःशुल्क रहेको बताए । त्यसबाहेकका अरु सेवासुविधा निःशुल्क पाउने उनले स्पष्ट पारे । आइसोलेसन केन्द्रको सुरक्षाका लागि नेपाली सेना खटिएको छ ।  

यसअघि पनि पहिलो चरणको कोरोनाको बेला त्यहाँं बेड विस्तार गरी आइसोलेसन केन्द्र तयार गरिएको थियो । तर त्यतिबेलासम्म संक्रमणको संख्या निरन्तर कम हुँंदै गएकाले बिरामी राख्नुपरेको थिएन । त्यसपछि प्रशासनसँंगै समन्वय गरी कलेजले बेड हटाई सामानहरु सबै स्टोरमा राखेको थियो । अहिले त्यही बेडको विस्तार गरी केन्द्र सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित: ७ जेष्ठ २०७८ १२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App