६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

भेरी अस्पताल र मेडिकल कलेजमा थप १० जनाको मृत्यु

बाँकेमा थप १० जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ८, बर्दिया र कैलालीका एक/एक जना रहेका छन् । नेपालगन्ज–१० बाँकेकी ५४ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । यही वैशाख ११ गते नेपालगन्ज मेडिकल कलेजमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो । त्यसपछि उनी होमआइसोलेसनमा बसेकी थिईन् । स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि उनी वैशाख २१ गते भेरी अस्पतालमा भर्ना भएकी थिईन् । स्वास्थ्यमा कुनै सुधार नआएपछि शुक्रबार(आज) बिहान ६ बजे मृत्यु भएको हो ।  

नेपालगन्ज–१२ बाँकेकी ६० वर्षीया महिलाको पनि भेरी अस्पतालमै मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा उनको शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेजमा यही वैशाख १३ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो । त्यसपछि उनी वैशाख १६ गते भेरी अस्पतालमा भर्ना भएकी थिईन् ।

यस्तै नेपालगन्ज–३ बाँकेका ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा उनको शुक्रबार बिहान ३ बजे मृत्यु भएको हो । भेरी अस्पतालमा यही वैशाख १६ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो ।  

नेपालगन्ज–१८, बाँकेकी ५६ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बागेश्वरी ल्याबमा यही वैशाख २० गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो । भोलीपल्ट भेरी अस्पतालमा भर्ना भएकी उनको शुक्रबार बिहान २ बजे उपचारका क्रममा मृत्यु भएको हो ।  

यसैगरी नेपालगन्ज–६ बाँकेका ३४ वर्षीय पुरुषको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा उनको बिहीबार राती १ बजेर ३० मिनेटमा मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेजमा वैशाख २१ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएपछि २३ गते भेरी अस्पतालमा भर्ना भएका थिए ।  

टिकापुर–२ कैलालीकी ४८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । भेरी अस्पतालमा यही वैशाख १ गते पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ भएपछि उनी भोलीपल्ट भेरी अस्पतालमै भर्ना भएकी थिईन् । स्वास्थ्यमा सुधार नआएपछि बिहीबार राती ११ बजेर ३० मिनेटमा मृत्यु भएको हो ।

त्यस्तै बारबर्दिया–६ बर्दियाका ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा उनको बिहीबार राती ९ बजे मृत्यु भएको हो । बर्दियामा यही वैशाख २१ गते पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ भएपछि वैशाख २३ गते भेरी अस्पतालमा उनी भर्ना भएका थिए ।  

नेपालगन्ज–६ बाँकेका ५४ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ । उपचारका क्रममा उनको बिहीबार बेलुकी ६ बजेर ५० मिनेटमा मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेजमा यही वैशाख १९ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो । त्यसपछि उनी भोलीपल्ट मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए ।  

 कोहलपुर–१० बाँकेकी २७ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेजमा यही वैशाख २० गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएको थियो । त्यसपछि वैशाख २२ गते मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी उनको बिहीबार बेलुकी ५ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।  

नेपालगन्ज–१० बाँकेका ६१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा उनको बिहीबार बेलुकी ५ बजेतिर मृत्यु भएको हो । भेरी अस्पतालमा यही वैशाख १२ गते पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ भएपछि वैशाख १५ गते भर्ना भएका थिए ।

यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६९ र बाहिरी जिल्लाबाट बाँकेमा आएर उपचार गराएका १ सय ३० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

प्रकाशित: २४ वैशाख २०७८ ०६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App