९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

सुर्खेतमा १४ गते रातिदेखि निषेधाज्ञा

दैनिक कोभिड–१९ (कोरोना भाइरस) तीव्ररुपमा बढ्दै गएपछि सुर्खेतमा एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय १४ गते राति १२ बजेदेखि लागू हुने एकसातासम्मका लागि निषेधाज्ञा जारी गरेका हो ।सक्रमण फैलिँदै गएकाले जिल्लाभर निषेधाज्ञाको निर्णय जिल्ला कोरोना संकट व्यवस्थापन समितिले गरेको थियो। उक्त निर्णय जिल्ला प्रशासन कार्यालयले कार्यान्वयन गर्ने छ।

निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र सञ्चालन गर्न दिने निर्णय प्रशासनले गरेको छ । यसैगरी स्वास्थ्य, विद्युत्, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल र हवाई सेवा पनि खुल्ला रहनेछन्।

कर्णालीका १० जिल्लामध्ये सुर्खेत कोरोना भाइरसबाट बढी प्रभावित छ। सुर्खेत भित्रिने नाकामा स्वास्थ्य परीक्षणमा लापरबाही हुनु, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नुले जिल्लामा कोरोना भाइरस तीव्ररुपमा फैलिँदै गएको छ । निषेधाज्ञापछि कोरोना भाइरस संक्रमणको जोखिम घट्न अपेक्षा गरिएको छ। सुर्खेतमा यो समाचार तयार पार्दासम्म तीन सयजनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

प्रकाशित: १३ वैशाख २०७८ ०६:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App