१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

यस्ता ‘माउथवास’ले मुखभित्रका कोरोना ३० सेकेन्डमै मार्ने रहेछन् : वैज्ञानिक

बेलायतका वैज्ञानिकले मुख कुल्ला गर्ने ‘माउथवास’ले र्याालमा रहेका कोरोना भाइरसलाई ३० सेकेन्डमै मार्ने तथ्य पत्ता लागेको दाबी गरेका छन्।  

त्यहाँस्थित कार्डिफ विश्वविद्यालयका वैज्ञानिकले माउथवासले कोरोना भाइरस नष्ट गर्न सहयोग पुग्नसक्ने आशाजनक संकेत पाइएको बताएका हुन्।  

उनीहरूका अनुसार युनिभर्सिटी हस्पिटल अफ वेल्समा कोरोन संक्रमितमा गरिएको प्रयोगबाट यस्तो तथ्य प्राप्त भएको हो।  

अध्ययन टोलीका प्रमुख लेखक डा. रिचर्ड स्टनटोन भन्छन्, ‘दाँतमा कीरा नलागोस् भनेर बनाइएका माउथवासले कोरोना भाइरसलाई पनि निष्क्रिय गर्न सक्ने देखिएकाे छ।’

तर माउथवासलाई उपचारकै लागि प्रयोग गर्न सकिन्छ भन्ने संकेत भने नपाइएको वैज्ञानिकले बताएका छन्। किनकि माउथवास श्वास नली र फोक्सोसम्म पुग्दैन।  डा. निक क्लेडनले हात धुने, दूरी कायम गर्ने र मास्क लगाउने नियमसँगसँगै सिपिसीमा आधारित माउथवास पनि थप सुरक्षाको उपाय हुन सक्ने बताएका छन्।  

कम्तीमा ०.०७ प्रतिशत साइटोपिरिडिनियम क्लोराइड सिपिसी भएका माउथवासले भाइरस नष्ट गर्ने देखाएको छ।  

तर यसबारे अन्य वैज्ञानिकले थप परीक्षण गरी पुष्टि गर्न बाँकी छ। अहिलेको अध्ययनले यसअघि भएको अध्ययनलाई थप पुष्टि गरेको छ। यसअघिको अध्ययनले पनि सिपिसीमा आधारित माउथवासले भाइरसको भार कम गर्न सहयोग पुर्याउिने देखाएको थियो। 

कार्डिफ विश्वविद्यालयका प्राध्यापक डेभिड थोमसले प्रयोगशालामा माउथवासले प्रभावकारी काम गरेको तर बिरामीमा गर्छ कि गर्दैन भन्ने हेर्न अस्पतालको परीक्षण आवश्यक हुने बताए।

प्रकाशित: ४ मंसिर २०७७ ०७:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App