८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

बिपी प्रतिष्ठानका समस्याबारे एमालेको ध्यानाकर्षण

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि पहल गरिदिन भन्दै नेकपा एमाले धरानले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विशेष ध्यानाकर्षण पत्र बुझाएको छ।

एमाले धरानका नेताहरूले मंगलबार गृह जिल्ला झापामा ओलीलाई भेटेर पत्र बुझाएका हुन्। कुनै बेला दक्षिण एसियाकै उत्कृष्ट संस्थाको रूपमा स्थापित प्रतिष्ठान अहिले कमजोर बन्दै गइरहेको भन्दै एमाले धरानले संघीय सरकारले विशेष ध्यान दिनु आवश्यक रहेको पनि औंल्याएको छ।

‘हरेक पदाधिकारी भ्रष्टचारमा मुछिने, निर्माण तथा खरिद कार्यमा अनियमितता हुने, कर्मचारी नियुक्ति तथा आन्तरिक काम बाँडफाँटमा राजनीतिकरणले  प्रतिष्ठान कमजोर अवस्थामा पुगेको छ,’ पत्रमा उल्लेख छ।

प्रतिष्ठानमा हाल देखिएको शिक्षक, कर्मचारी तथा विद्यार्थीको आन्दोलनलाई सम्बोधन गर्न र प्रतिष्ठानको अस्पताल सेवा, शैक्षिक कार्यक्रम, अनुसन्धान जस्ता कार्यहरूलाई गुणस्तरीय बनाउन सरकार समक्ष विषेश पहल गरिदिन एमाले धरानले ओलीलाई अनुरोध पनि गरेको छ।

यस्तै, प्रतिष्ठानको दीर्घकालीन विकासको लागि स्वायत्त विश्वविद्यालय बनाउन नितिगत निर्णय सहित आवश्यक पहल गरिदिन पनि पार्टी अध्यक्ष ओलीलाई अनुरोध गरिएको एमाले धरानका अध्यक्ष हर्कजङ एभेङले जानकारी दिए। 

उनका अनुसार चिकित्सा शिक्षा ऐनबाट बिपी प्रतिष्ठानलाई अलग्गै राख्ने व्यवस्था गरिदिन, एङकोलोजी र कोर्डियो सेन्टर निर्माणको स्वीकृती भई सकेकोले भौतिक पूर्वाधार एवं संरचना निर्माणको पहल गरिदिन र आवश्यक उपकरण एवं आइसियुहरू थप गर्न पनि पहल गरिदिन ध्यानाकर्षण गराइएको हो।

प्रकाशित: २४ माघ २०८० ०७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App