२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

थलीमा शंकास्पद अवस्थामा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

काठमाडौंको थलीमा शंकास्पद अवस्थामा मृत भेटिएका पुरुषको पहिचान खुलेको छ।

मृतक भक्तपुरको छालिङ-७ घर भएका ५२ वर्षीय कृष्ण नगरकोटी रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेश राज मैनालीले जानकारी दिए। 

नगरकोटी आज बिहान साढे पाँच बजे मृत अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार कपडाले शवको मुख ढाकिएको थियो। अहिले प्रहरीले घटनास्थलको मुचुल्का उठाइरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ जेष्ठ २०८१ ०९:५१ मंगलबार

#dead #Krishna Nagarkoti #Kathmandu Valley Police Office