१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

विराटनगरका चारवटा अस्पतालमा डेंगुको निःशुल्क उपचार

विराटनगरका चारवटा अस्पतालमा डेंगुको निःशुल्क उपचार सुरू गरिएको छ।

विराटनगरको कोशी अस्पताल, प्रदेशशिक अस्पताल, रानी अस्पताल र बैजनाथपुर अस्पतालमा डेंगु संक्रमितको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको विराटनगर महानगरपालिकाले जनाएको छ।

विराटनगर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हैदर अलिका अनुसार महानगरपालिका क्षेत्र भित्र सञ्चालित चार वटा अस्पतालहरूमा उपचार तथा परिक्षण निःशुल्क गरिएको छ।

‘डेंगुको मात्रै परिक्षण नभई उपचारका क्रममा डेंगुसँग सम्बन्धित अन्य परिक्षण पनि निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ’ अलिले भने। वर्खाको समयमा विराटनगरमा पनि डेंगुको प्रकोप फैलिन सक्ने जोखिम रहेका कारण डेंगु नियन्त्रण्मा सर्तकता अपानाइएको विराटनगर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हैदर अलिले जानकारी दिए। उनले डेंगुका संक्रमित फेला परेको अवस्थामा तत्कालै उक्त स्थान आसपासमा लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने, औषधि छर्कने र विरामीको उपचार गर्ने व्यवस्था मिलाइएको छ। डेंगु संक्रमण फैलिन नदिन जनचेतना जगाउनुका साथै, लामखुट्टे मार्ने औष्ििध छर्कनेकाम नियमित रुपमा भइरहेको उनले बताए।

विराटनगरमा हाल १२ जना डेगुका सक्रिय संक्रमति रहेको अलिले बताए। विराटनगरमा जुनसुकै वेला डेंगुले प्रकोपको रुप लिनसक्ने अवस्थालाई ध्यानमा राखेर महानगरपालिकाले डेंगु नियन्त्रणका लागि संयन्त्र नै तयार पारेको छ।

स्थानीय स्वास्थ्य स्वयंसेविका मार्फत हरेक स्वास्थ्य स्वयंसेविकाको मातहतमा १ सय ४८ वटा आमा समूह गठन गरिएको छ। विराटनगर महानगरपालिकाका १९ वटै वडाका कुनै पनि टोलमा डेंगुका संक्रमित भेटिए स्वस्थ्यकर्मीसहित आमा समूहलाई परिचालन गरेर लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने काम तत्कालै गर्ने गरिएको अलिले बताए। शुक्रबार विहान विराटनगर महानगरपालिकाका १९ वटै वडामा एकैसाथ खोज र नष्ट गर अभियान सञ्चालन गर्ने महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले संक्रमण देखिएको स्थान आसपासमा हप्ताको दुई पटक खोज र नष्ट गर अभियान सञ्चालन गर्ने योजना बनाएको छ।  

प्रकाशित: १८ श्रावण २०८० ०९:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App