१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

गर्भजाँचबारे सचेत बन्दै

फाइल तस्वीर

टीकापुरकी प्रिया बिसी गर्भवती भएको नौ महिना लाग्यो। टीकापुर अस्पतालमा श्रीमानसँगै अन्तिम गर्भजाँच गर्न आएकी उनलाई श्रीमानको राम्रो साथ छ। ‘नौ महिना भयो, अब डाक्टरले समय नजिकिएको छ भन्नुभएको छ’, प्रियाले भनिन्,‘डाक्टरको सल्लाह अनुसार खानपान र स्वास्थ्य स्याहार गरिरहेकी छु। श्रीमान्ले राम्रो स्याहार गर्नुभएको छ।’

छ महिना पुगेपछि गर्भजाँचमा आएकी सपना श्रेष्ठसँगै उनकी सासू पनि आएकी थिइन्। सपनाले पोषिलो खानेकुरा खानुका साथै सासूको राम्रो हेरचाह पाएकी छन्।

‘पहिलो पटक आउँदा डाक्टरले मलाई र सासू आमालाई धेरै परामर्श गर्नुभयो। कसरी खाने, कस्तो काम गर्न मिल्छ, सबै सिकाउनुभयो’, सपना भन्छिन्, ‘सासूआमाले मलाई धेरै माया गर्ने, जहाँ जाँदा पनि आफूसँगै जाने गर्नुभएको छ। म खुसी छु।’

चार महिनाकी गर्भवती जानकी रावलले अहिलेसम्म दुई पटक गर्भजाँच गरिसके। उनी यतिखेर नियमित आइरन, क्याल्सियम खानुका साथै आफ्नो स्वास्थ्यप्रति सचेत छिन्। गर्भावस्थाको पाँच महिना लागेकी रविना चौधरी पनि गर्भजाँचका साथै खानपानमा ध्यान दिइरहेको बताउँछिन्। श्रीमान् घर बाहिर भए पनि रविनालाई घरका सदस्यले राम्रो स्याहार गरेका छन्।

‘पहिलो पटक आउँदा डाक्टरले मलाई र सासू आमालाई धेरै परामर्श गर्नुभयो। कसरी खाने, कस्तो काम गर्न मिल्छ, सबै सिकाउनुभयो’, सपना भन्छिन्, ‘सासूआमाले मलाई धेरै माया गर्ने, जहाँ जाँदा पनि आफूसँगै जाने गर्नुभएको छ। म खुसी छु।’

‘श्रीमान् कामको सिलसिलामा घरबाहिर हुनुहुन्छ, तर उहाँले आर्थिक व्यवस्थापन गरिदिने, दैनिक फोन गरेर मेरो अवस्था बुझ्ने गर्नुभएको छ’, उनी भन्छिन्, ‘घरका सदस्यले मेरा लागि सहज वातावरण बनाइदिनुभएको छ। मैले रमाइलो वातावरणमा बच्चा हुर्काइरहेकी छु।’

सरकारले मातृ तथा शिशु मृत्युदर शून्यमा झार्न विभिन्न प्रयास गरेको छ। विगतमा चार पटक गर्भजाँचको मापदण्ड राखिएकोमा हाल आठ पटक अनिवार्य गर्भजाँच गर्नुपर्ने व्यवस्था गरिएको छ। यसै वर्षदेखि गर्भवतीको अनिवार्य आठ पटक र आवश्यकता अनुसार त्यसभन्दा बढी पटक स्वास्थ्य परीक्षण हुन्छ। गर्भावस्थामा हुने जोखिम कम गर्न स्वास्थ्य संस्थाले समेत कडाइ गरेका छन्।

गत वर्षसम्म सुरक्षित मातृत्व कार्यक्रमले चार पटक गर्भजाँच गरे पुग्ने मापदण्ड बनाएको थियो। आमा तथा नवजात शिशुको सुरक्षाका लागि चार पटक मात्र पर्याप्त भएन भन्दै यस वर्षदेखि आठ पटक गर्भजाँच थालिएको छ।

अब गर्भवतीले गर्भजाँच पहिलो पटक थाहा पाउनेबित्तिकै, दोस्रो पटक १२ हप्तामा, तेस्रो पटक १६ हप्ता, चौथौ २० देखि २४ हप्ताको बीचमा, पाचौं २८ हप्ता, छैटौं ३२ हप्ता, सातौं ३४ हप्ता, आठौं ३६ देखि ३८ हप्ताको बीचमा गरेर आठ पटक गर्भजाँच गर्नुपर्ने व्यवस्था अनुसार आमाहरू आउन थालेका टीकापुर अस्पतालका सिनियर अनमी तारा खरेलले बताइन्।

गत वर्षसम्म सुरक्षित मातृत्व कार्यक्रमले चार पटक गर्भजाँच गरे पुग्ने मापदण्ड बनाएको थियो। आमा तथा नवजात शिशुको सुरक्षाका लागि चार पटक मात्र पर्याप्त भएन भन्दै यस वर्षदेखि आठ पटक गर्भजाँच थालिएको छ।

पछिल्लो समय गर्भजाँच गर्न आउनेसँग श्रीमान्, सासू तथा घरका अन्य सदस्यसमेत साथमा आउन थालेका र परिवारका सदस्यसँगै आउँदा गर्भवती र पेटमा हुर्किरहेको बच्चाको राम्रो स्याहार पुग्ने सिनियर अनमी खरेल बताउँछिन्।

‘हामीले हरेक गर्भवतीलाई श्रीमान्, सासू तथा ससुरासँगै ल्याउन भन्छौं’, उनी भन्छिन् ‘श्रीमान् र सासू आउनुहुन्छ तर ससुरालाई पनि शिक्षा दिन आवश्यक भएको छ। घर चलाउने, किनमेल गर्ने अधिकांश पुरुष भएकाले पुरुष बढी सचेत हुन आवश्यक छ।’

सरकारले सुत्केरीपछिको जाँचसमेत चार पटक गर्नुपर्ने मापदण्ड बनाएको छ। सुत्केरी भएको २४ घण्टाभित्र, तीन दिन, सात दिन र ४२ दिनभित्र आमा र नवजात शिशुको स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ तर यसो गर्ने निकै कम हुन्छन्।

यसरी स्वास्थ्य जाँच गर्न आउन नसक्नेलाई टीकापुर नगरपालिकाका स्वास्थ्यकर्मीले घरमै गएर सेवा दिने गरेका अनमी रमिला रावल बताउँछिन्।

सरकारले सुत्केरीपछिको जाँचसमेत चार पटक गर्नुपर्ने मापदण्ड बनाएको छ। सुत्केरी भएको २४ घण्टाभित्र, तीन दिन, सात दिन र ४२ दिनभित्र आमा र नवजात शिशुको स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ तर यसो गर्ने निकै कम हुन्छन्।

‘नजिक घर भएका स्वास्थ्य संस्थामै आउनुहुन्छ, टाढा घर भएकालाई घरमै गएर सेवा दिन्छौँ’, उनी भन्छिन्, ‘आजभोलि सुत्केरीपछिको जाँच गर्नेसमेत बढेका छन्।’

गर्भावस्था तथा सुत्केरी अवस्था विशेष अवस्था भएकाले यो समयमा महिला तथा नवजात शिशुको विशेष ख्याल गर्न र खानपानमा ध्यान दिन आवश्यक रहेको रावलले बताइन्। रासस

प्रकाशित: १ जेष्ठ २०८० ०४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App