८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

आयुर्वेदको प्रवर्द्धन र बिस्तार गर्न आवश्यकः मेयर साह

फाइल तस्बिर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आयुर्वेद देशलाई चिनाउनसक्ने माध्यम भएको बताएका छन्।  

आइतवार काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आयुर्वेदका लागि सरकारी स्तरबाट धेरै काम गर्न बाँकी रहेको बताए। आयुर्वेद बिस्तार हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको उनको भनाइ छ। उनले पहिला नेपालमा विदेशी पर्यटकहरु योगा, आयुर्वेदका लागि आउने गरेको तर पछिल्लो समय खस्कँदै गएको बताए। आयुर्वेदको प्रवद्र्धनका लागि सरकारले धेरै काम गर्नुपर्ने उनले बताए।

उनले भने, ‘आयुर्वेदको लागि अझै धेरै गर्न बाँकी छ। पहिला जुन स्तरमा आयुर्वेद थियो त्यो भन्दा बढ्दै जानुपर्नेमा शिथिल भएको जस्तो लाग्छ। यसलाई प्रवद्र्धन गर्दै जानुपर्छ। नेपालमा पहिला आउने पर्यटक देशको आयुर्वेदको लागि आउँथे, योगको लागि आउँथे। हाम्रो देश आफैँमा तपोभूमि हो। यसको प्रवद्र्धनको लागि आगमी दिनमा अझै धेरै काम गर्नुपर्छ। आइओएममा नाम ननिक्लिेपछि आयुर्वेदमा परीक्षा दिने जस्तो भएको तर शुरुमै यसमा जोड दिनुपर्छ। हामीले ३२ वडामा नै हेल्थ प्रमोशन सेन्टर खोल्दैछौँ। वैशाख अन्तिमसम्म ८ वटा वडामा शुरु हुन्छ। आयुर्वेद देशलाई चिनाउन सक्ने चिज हो।’

प्रकाशित: १७ वैशाख २०८० १२:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App