४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

कोरोनाका कारण तीन दर्जन शिक्षकको मृत्यु : खोपविना स्कुलमा पाइला नटेक्ने

सामुदायिक विद्यालयका शिक्षकहरुले खोपविना विद्यालय नजाने उद्घोष गरेका छन्। नयाँ भेरियन्टको कोरोना संक्रमणको कारण हालसम्म तीन दर्जन शिक्षकको मृत्यु हुँदा पनि शिक्षकको ज्यान जोगाउन सरकारले पहल नगरेको भन्दै शिक्षकले खोपविना विद्यालय पाइला नटेक्ने जनाएका हुन्।

‘संक्रमणले आज मुलक आक्रान्त छ । विशेष गरी राज्यको हेपाहा र गैरजिम्मेवार व्यवहारका कारण शिक्षाकर्मीहरु बढी जोखिममा परेको, दैनिक सयौंको संख्यामा शिक्षक तथा विद्यालय कर्मचारीहरु संक्रमित र दर्जनौं शिक्षक–कर्मचारीहरु हताहती भइरहेको अवस्था छ’, नेपाल शिक्षक संघ, संघीय कार्यसमिति अध्यक्ष राजेन्द्रराज पौडेलले भने, ‘ठूलो संख्यामा शिक्षाकर्मीहरु गुमाउँदाको पीडा र शोकमा रहेको यस अत्यन्त विषम, संवेदनशील र गम्भीर परिस्थितिमा आम शिक्षक तथा कर्मचारीहरुको लागि खोपको बन्दोबस्त नगरेसम्म हामी स्कुल जानै सक्तैनौं।’

उनले फ्रन्टलाइनमा रहेर काम गर्ने शिक्षकलाई राज्यले प्राथमिकतामा नराखेको कारण शिक्षकले अनाहकमा ज्यान गुमाउनु परेको बताउँदै सम्पूर्ण शिक्षाकर्मीहरुका लागि तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्ने अन्यथा ‘नो स्कुल रिजुम्स, विथआउट भ्याक्सिन’ नारालाई आत्मसात गर्ने समेत बताए।

उनले शिक्षकहरुको विषयलाई लिएर संघले प्रेस विज्ञप्तिमार्फत् सरकारको ध्यानाकर्षण गराएको समेत बताए।

अध्यक्ष पौडेलले संक्रमितका लागि निःशुल्क र सुलभ स्वास्थ्य उपचारको प्रबन्ध गर्नुपर्ने, स्वास्थ्य सुरक्षा बीमाको व्यवस्था गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति र परिवारको कनै एक सदस्यलाई रोजगारी दिनुपर्ने, पेन्सन (निवृत्तिभरण) अवधि नपुगेको भए अवधि थप गरी परिवारलाई निवृत्तिभरण उपलब्ध गराउनुपर्ने, विषम परिस्थितिमा समेत विद्यालयमा उपस्थित हुनैपर्ने अमानवीय उर्दी लगाउने स्थानीय सरकारहरुको ज्यादती तत्काल बन्द गर्नुपर्नेलगायतका काग सरकारसमक्ष पेश गरेको बताए।

प्रकाशित: २५ वैशाख २०७८ ०९:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App