६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
शिक्षा

कक्षा ११ को परीक्षा सञ्चालन गर्दै गाउँपालिका

कक्षा ११ को परीक्षा निरीक्षण गर्दै गाउँपालिका अध्यक्ष भूपेन्द्र राई । तस्बिर : नागरिक

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कक्षा ११ को परीक्षा आफै सञ्चालन सुरु गरेको छ। कोरोना भाइरसका कारण अधिकांश पठन–पाठन एबं परीक्षा ठप्प भएको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पालिकास्तरिय प्रश्नपत्र तयार पारेर आइतबारदेखि कक्षा ११ को परीक्षा सुरु गरेको हो।  

कोरोना भाइरसका कारण कक्षा ११ को परीक्षा सञ्चालन हुन नसकिरहेको अवस्थामा करिव महिना दिनअघि क्याविनेटले स्थानीय तहसँग समन्वय गरेर अवरुद्ध परीक्षा सञ्चालन गर्न सक्ने निर्णय गरेर कार्यविधि पठाएको आधारमा परीक्षा सुरु गरिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए। संविधानतः माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन स्थानीय तहको भएकाले पनि कक्षा ११ को अवरुद्ध परीक्षा गराउन गाउँपालिका आफै अग्रसर भएका हुन्।  

संघीय सरकारबाट प्राप्त भएको कार्यविधि अनुसार गाउँपालिकाभित्रका पाँच वटा उच्च माबिको संयुक्त बैठकको निर्णय अनुसार कक्षा ११ को परीक्षा सुरु गरिएको हो। गाउँपालिकामा कक्षा ११ को परीक्षा आगामी कात्तिक २८ गतेसम्म सञ्चालन हुने अध्यक्ष राईले बताए। गाउँपालिकाले सुरु गरेको कक्षा ११ को परीक्षामा पाँच उच्च माबिका २८३ परीक्षार्थीमध्ये २४६ परीक्षार्थी सहभागी भएका छन्। कोडिङ र डिकोडिङका आधारमा गाउँपालिकामै उत्तर पुस्तिका जाँच गर्ने र नतिजा प्रकाशन गरिने गाउँपालिकाले जनाएको छ। सम्परीक्षणका लागि भने परीक्षार्थीको उत्तर पुस्तिका पठाइने गाउँपालिका अध्यक्ष राईले बताए।

‘हालसम्म कक्षा ११ को परीक्षा संघीय सरकारले नै सञ्चालन गर्दै आएको थियो। तर माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थाको जिम्मा स्थानीय सरकारकै हातमा छ। कोभिडका कारण परीक्षा सञ्चालन हुन नसकेको अवस्थामा स्थानीय तहले परीक्षा सञ्चालन गर्न सक्ने कार्यविधि प्राप्त भएपछि परीक्षा सुरु गरेका हौँ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘विद्यार्थीको कापी यही चेक हुन्छ। कोडिङ डिकोडिङका आधारमा रिजल्ट यही तयार हुन्छ। सम्परीक्षणका लागि मात्र उत्तर पुस्तिका पठाउने तयारी गरेका छौँ।’  

गाउँपालिकामा कक्षा ११ को परीक्षा सञ्चालनका लागि गाउँपालिकाले एकै किसिमका प्रश्नपत्र तयार पारेको छ। महेन्द्रोय माविका ९१ जना विद्यार्थीमध्ये ६ जना, कृष्ण माबि टेम्माका ५१ जनामध्ये ७ जना, सरस्वती माबि डाँडाखर्कका ५९ जनामध्ये ७ जना, शान्ति माबि छोरम्बुका ६५ जनामध्ये १० जना र जनता माबि बतासेका १७ जनामध्ये ७ जना परीक्षार्थी अनुपस्थित भएका छन्।

प्रकाशित: २६ कार्तिक २०७७ ०८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App