११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

'दुई वर्षपछि विद्युतमा आत्मनिर्भर हुन्छौँ'

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले २ वर्षभित्र सबैको घरमा विद्युत जडान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

नेपाल विद्युत प्राधिकरणले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले हाल ९५ प्रतिशत जनताको घरमा विद्युत जडान भएको उल्लेख गर्दै २ वर्षभित्र सबैको घरमा जडान गर्ने सरकारको योजना रहेको बताएकी हुन्।

उनले विद्युत खपत बढाउनका लागि पनि सबैलाई पुनः आह्वान गरिन्। मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको मन्त्री भुसालले स्पष्ट पारिन्। विद्युत खपत बढाउन सरकारले अभियाननै संचालन गरिरहेको उनको भनाइ थियो।

मन्त्री भुसालले भनिन्, ‘९५ प्रतिशत जनताको घरमा विद्युत जडान छ। ५ प्रतिशत घरमा हामीले २ वर्षमा जोडने कुरा गरेका छौं। त्यसैले अब विद्युत जनताको एकढंगले मौलिक अधिकार हो। उज्यालो भविष्यका निम्ति सबैखाले ऊर्जामा जलविद्युत प्रयोग गरौं भन्ने हाम्रो अभियान हो। र, हामी यही अभियानलाई यथार्थमा बदल्ने र जनताले सजिलो भाषामा विद्युतको उपभोग, यसको महत्व अनि यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभाव अहिलेको व्यापार घाटालाई सन्तुलित गर्न सक्ने एउटा राम्रो सन्देश यसले दिएको छ। सबैमा विद्युत खपत गरौं भन्ने यसको सन्देश हो।’

यस्तै कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले २ वर्ष भित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गरे। उनले आन्तरिक खपत बढाएर पनि मुलुकमा ५ वर्षपछि वार्षिक रुपमा २ खर्बको विद्युत निर्यात गर्ने योजना रहेको पनि बताए।

प्रबन्ध निर्देशक घिसिङले भने,  ‘२ वर्षपछि हामी विद्युतमा आत्मनिर्भर हुन्छौं। मैले भनिराखेको छु–५ वर्षपछि हामी वार्षिक २ खर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गर्छौं। त्यो आन्तरिक खपत बढाएर हो। आन्तरिक खपत बढाउनका लागि जनचेतनाको अभिवृद्धि र पूर्वाधार विकासमा हामीले जोड दिएका छौं।’ प्रबन्ध निर्देशक घिसिङले विद्युतको खपत बढाउन जनचेतनाको अभिवृद्धि गर्ने र पूर्वाधार विकासमा जोड दिइएको समेत बताए।

प्रकाशित: १८ भाद्र २०७९ ०७:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App