१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

'नेपाल-भारतबीच ऊर्जा व्यापार विस्तार गर्न आपसी सहकार्य सक्रिय बनाउनुपर्ने'

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच ऊर्जा व्यापार एवं बाढी नियन्त्रणका विषयमा छलफल भएको छ। सो अवसरमा मन्त्री भुसालले भारी वर्षासँगै सप्तकोसीमा आएको बाढीका कारण एक हजार घर विस्थापित भएको बताउँदै दुवैतर्फको संयन्त्रले सक्रियतापूर्वक समस्याको समाधान गर्नुपर्नेमा जोड दिइन्।

उनले नेपाल–भारतबीचमा भइरहेको ऊर्जा व्यापारलाई थप विस्तार गर्दै लैजानका लागि आपसी सहकार्य सक्रिय बनाउनुपर्ने बताइन्। नेपाल र भारतबीच सम्झौता भएका आयोजनाको कार्यान्वयनलाई प्रभावकारी तुल्याउनका लागि दुवै पक्षले पहल गरेर नतिजा दिन ढिला गर्न नहुने उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा आयोजना निर्माणका लागि द्विपक्षीय तयारीलाई तीव्रता दिनुपर्नेमा जोड दिइन्।

सो अवसरमा नेपालका लागि भारतका राजदूत श्रीवास्तवले आफूले भारतका जलविद्युत् तथा सिंचाइसँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रसँग निरन्तर छलफल गरिरहेको जानकारी गराउँदै आगामी दिनमा दुई देशबीच सहमति भएका आयोजनाको कार्यान्वयनलाई प्रभावकारी तवरले अगाडि बढाउन पहल गर्ने विश्वास दिलाइन्। उनले दुई देशबीच हुँदै आएको ऊर्जा व्यापारलाई थप विस्तार गरी आपसी लाभ लिने विषयमा भारत तयार रहेको बताए।

प्रकाशित: १८ श्रावण २०७९ ०७:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App